१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

पद उन्नतिलाई दर्ज्यानी चिन्ह शु-शोभन गर्दै प्रहरी प्रबक्ता :रिजाल

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७

(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा प्रशासन तर्फ जनपद समूह प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक र प्राबिधिक समूह तर्फ प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा वढुवा तथा पदस्थापना भएका प्र.क.हरुलाई दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालबाट दर्ज्यानी चिन्ह शु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको चलानी नं. ४०३० र ४०३२ मिति २०७७।११।१३ गतेको पत्रादेशले प्रशासन तर्फ (जनपद) समूहका प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा तथा प्राबिधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना हुनुभएका प्रहरी कर्मचारीहरुलाई शुक्रबार दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालबाट दर्ज्यानी चिन्ह शु-शोभन कार्यक्रम सम्पन्न गरिएको छ । प्र.स.नि. शालिकराम बुढाथोकी,प्र.स.नि. शिव बहादुर बिष्ट,प्र.स.नि. कमल सुबेदी प्र.ह. बिनोद बुढाथोकी प्र.हप्रकाश खड्का प्र.ह.चिरन्जिबी घर्तीमगर.रहेको प्रबक्ता रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।