२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीमा जागिर लगाईदिने भन्दै ठगी गर्ने अनुसन्धान अधिकृत पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २५, २०७५

(सागर थापा दाङ)
अपराध महाशाखाले भन्यो– नक्कलि राष्ट्रिय अनुसन्धान अधिकृत बनेर १७ लाख ५० हजार ठगि गरेपछि पक्राउ गरीयो’
घोराही, जेठ २४ । प्रहरीमा जागिर लगाइदिने भनेर विभिन्न प्रलोभन देखाएर ठगि गर्ने एक जनालाई काठमान्डौवाट प्रहरीले पक्राउ गरेको छ । नक्कलि कागजात देखाएर राष्ट्रिय अनुसन्धान विभागको अधिकृत बताउने संखुवासभा पाँचखपन नगरपालिका ७ घइ भइ हाल काठमान्डौको बुढानिलकण्ड भंगाल बस्दै आएका टंकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बुढानिलकण्ठबाट ठगि आरोप लागेका खड्कालाई पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले बताए ।आफु राष्ट्रिय अनुसन्धान विभागको अधिकृत हुँ भनी परिचय पत्र देखाई पिडित काठमाण्डौ चन्द्रागिरी न.पा १२ गुर्जुधारा बस्ने नरेन्द्र श्रेष्ठको श्रीमति पुष्पा कुमारी श्रेष्ठलाई गोदाम तथा पारवहनमा र निजको जेठान हरिबहादुर श्रेष्ठलाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान सुचक पदमा सिफारिस गरेको नक्कली कागजात, आयश्रोतको सिफारिस पत्र लगायतका सरकारी कागजातहरु बनाई विश्वासमा पारी १७ लाख ५० हजार लिई ठगी गरेकोले खड्कालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको सिँहले बताए ।सिँहका अनुसार मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ भने साथै मुलुकी ऐन किर्ते कागजको १२ नं। बमोजिम सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई १ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।