३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

राप्ती गा.पा.मा लिखित परीक्षा नगराई सोझै अन्तर्वार्ताबाट अधिकृतका छोरालाई छनोट

Logo
प्रकाशित आइतबार, फाल्गुण १६, २०७७

(ABC संचार ब्युरो)
दाङ । राप्ती गाउँपालिकामा कृषि विकास अधिकृतका छोरा कृषि अधिकृतको करार सेवामा छानिएका छन्। फागुन ९ गते भएको अन्तरवार्ताबाट कृषि विकास अधिकृत महेश अधिकारीका छोरा अनिल अधिकारी कृषि अधिकृत (छैठौं तह) करार सेवामा छनोट भएका हुन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सोही दिन जारी गरेको परीक्षा नजितामा अनिलको नाम पहिलो नम्बरमा छ। गाउँपालिकाले माघ २७ गते सूचना प्रकाशित गरि उक्त पदका लागि दरखास्त आह्वान गरेको थियो। दर्जनौंले फारम भरे पनि लिखित परीक्षा नगराई सोझै अन्तर्वार्ता मार्फत करार सेवामा कर्मचारी छानिएको हो।

अधिकारीका छोरा करार सेवाको अधिकृतमा छनोट भएपछि दक्ष आवेदक सहित अन्यले ‘सेटिङ’ गराएर आफ्ना छोरालाई भर्ना गराएको व्यापक आरोप लगाएका छन्। यद्यपी यसमा आफ्नो कुनै हात नरहेको अनिलका बाबु महेशले दाबी गरे।

उनले आफू शाखा प्रमुख भए पनि छनोट समितिमा नराखेकाले छोरा छनोट भएको बारे‍ आफूलाई केही थाहा नभएको जिकिर गरे। ‘म त्यो समितिमा बस्न पनि पाइनँ, त्यो समितिमा मलाई नजिक राख्दा पनि राखेनन्, मलाई थाहाँ नै भएन, कसले कहाँबाट छनोट गर्‍यो त्यो केशमा म संलग्न नै छैन,’ अधिकारीले भने, ‘मेरो छोरो त्यहाँ सबैभन्दा सिनियर र टाइलेन्ट थियो, समितिले त्यो सबै मूल्याङकन गरेर छनोट गरेको हुनुपर्छ।’

उनले धेरै दरखास्त परेको हुँदा छनोट नभएकाले ‘आफ्नो छोरालाई सेटिङमा छनोट गर्‍यो’ भनेर आफ्नो बदनाम गर्न खोजेको बताए। स्रोतका अनुसार धेरै व्यक्तिले दरखास्त दिए पनि सुरूमै आफूखुसी सर्टलिष्ट तयार पारिएको थियो।

‘उसको विषय पनि त्यहीँ पर्‍यो, सिनियर पनि थियो, शैक्षिक प्रमाणपत्र पनि उत्कृष्ट छ,’ महेशले भने, ‘स्थानीय पनि पर्‍यो, त्यसैले सबै क्राईटएरिया पुरा भएकाले छनोटमा पर्‍यो होला, त्यसबारे मलाई थाँहा‍ छैन।’

अर्काको आलोचना गर्ने नेपालीको गलत स्वाभावनै भएको बताए। ‘मान्छेको सोचाई के भयो भन्दा म अन्तर्वार्तामा नभए पनि ऊ कार्यालयमै थियो, उसैले प्रभावित तुल्यायो भन्ने छ,’ महेशले भने, \\\\छोराको अन्तर्वार्ता भए पनि म त अफिस जानु त पर्‍यो नि, हैन र?’

यसैबिच राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आफू नभएका बेला कर्मचारीका आफन्त छनोट भए पछि विरोध सुन्नुपरेको तर्क गरे। उनी फागुन ९ र १० गते बुटवल गएका थिए। त्यहीँ बेला करार सेवाको अधिकृतमा छनोट प्रक्रिया पुरा भएर नाम ननिस्किएकाले अध्यक्ष सुवेदीलाई फोनमार्फत बाबुको सेटिङमा छोरा भएको भन्दै बिरोध गरेका थिए।

त्यसपछि उनी फागुन ११ गते कार्यालय आएर यसबारेमा बुझ्दा छनोट समितिका व्यक्ति सबैले कुनै सेटिङ नभएको जवाफ दिएका थिए। छनोट समितिमा सुपर जोन कार्यक्रमका कर्मचारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वित्तिय अधिकृत, प्रशासन अधिकृतलगायतका ४/५ जना बसेर छनोट गरेको जानकारी आफूले पाएको अध्यक्ष सुबेदीले बताए।

‘यस्तो नगरेको भए कसैले आलोचना गर्न पाउँदैन थिए। कसैले औंला उठाउन पाउँदैन थिए, अध्यक्ष सुवेदीले सेतोपाटीसँग भने, ‘नियत राम्रो भएन त्यहीँ कारण मैले पनि अनावश्यक टेन्सन बोक्नुपरिरहेको छ।’

सुबेदीले हालसम्म आफूले आफन्तलाई कतै जागिरको लागि सिफारिस नगरेको स्पष्ट पारे। ‘अन्तरवार्तामा बुबा बसेको भए त म त्यो परीक्षा उतिखेरै क्यान्सिल नै गराइ दिन्थेँ,’ सुवेदीले भने, ‘ मलाई रिस उठ्यो र धेरै सोध्न पनि मन लागेन।’

यता गाउँपालिकाका एक जनप्रतिनिधिले कृषि विकास अधिकृत महेश अधिकारीले आफ्नो छोरा अनिल अधिकारी भएमा मात्रै आफूलाई काम गर्न सहज हुने भन्दै मानसिक दबाब दिएको प्रतिक्रिया दिए। ‘यसमा मिलेमतो छैन र बाबुको प्रभाव परेन भनेर भन्ने ठाउँ नै छैन,’ उनले भने, ‘सकभर बाबु भएको ठाउँमा आफ्नै क्षमताले आए पनि अरू नपरेर छोरा छनोटमा परेपछि आशंका उब्जनु स्वाभाविक नै हो।स्रोत नारायण खड्काबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!