२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

सामाजिक संजालमा प्रहरीहरुले आफुखुशी कुनै पनि सेयर गर्न प्रतिबन्ध

Logo
प्रकाशित आइतबार, फाल्गुण १६, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने भएका छन्।

प्रहरी प्रधान कार्यालयले संगठनको हित विपरित सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो।

मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै प्रहरीले संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा सामाग्री शेयर नगर्न कर्मचारीहरुलाई सचेत गराएको छ।

सर्कुलरमा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश, २०७७ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युबलगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न भनिएको छ।

‘प्रहरी संगठनको छविरक्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक, ट्वीटर, यूट्युब, टिकटक लगायतमा पोष्ट,शेयर, ट्याग, कमेन्ट,लिङ्क शेयरिङ,ट्वीट तथा रि-ट्वीट नगर्नु हुन अनुरोध छ’, सर्कुलरमा भनिएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।