०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

सामाजिक संजालमा प्रहरीहरुले आफुखुशी कुनै पनि सेयर गर्न प्रतिबन्ध

Logo
प्रकाशित आइतबार, फाल्गुण १६, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी कर्मचारीले आफूखुशी सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने भएका छन्।

प्रहरी प्रधान कार्यालयले संगठनको हित विपरित सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो।

मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै प्रहरीले संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा सामाग्री शेयर नगर्न कर्मचारीहरुलाई सचेत गराएको छ।

सर्कुलरमा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितासम्बन्धी कार्यादेश, २०७७ बिपरीत हुने गरी फेसबुक, ट्वीटर, यूट्युबलगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न भनिएको छ।

‘प्रहरी संगठनको छविरक्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक, ट्वीटर, यूट्युब, टिकटक लगायतमा पोष्ट,शेयर, ट्याग, कमेन्ट,लिङ्क शेयरिङ,ट्वीट तथा रि-ट्वीट नगर्नु हुन अनुरोध छ’, सर्कुलरमा भनिएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]