२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

सोमबार प्रधानमन्त्री ओली पोखरा जाँदै

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

 

ABC Sanchar
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।

प्रधानमन्त्री ओली सोमबार बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा पुग्ने कार्यक्रम तय भएको छ । उनले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम छ। यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

आइतबार झापा पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए। उनी मंगलबार पनि झापा जाने कार्यक्रम तय भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!