२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

हेकुली र गोल्टाकुरी जोड्ने बबईमा पुलको निर्माण कार्य अन्तिम चरणमा

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

(बिबश रसाईली)
दाङ । दङ्गीशरण हालको दङ्गीशरण गाउँपालीका वडा न.४ बैबाङ्ग र वडा. १ बाकी जोड्ने बबई नदिमा पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा हुनलागेको छ।२३ करोड लागतमा निर्माणमा सुरु भएको उक्त पुल दुईसय मिटर लम्बाई र १०.५० मिटर चौडाई मा निर्माण भएको छ। शर्मा एसडिए निर्माण सेवा काठमान्डौले यो पुलको निर्माण जिम्मा पाएको थियोे ।चार वर्ष भित्र निर्माण सक्ने गरि सम्झौता लिएको उक्त कम्पनीले भने तीन वर्ष अगाडि नै निर्माण सक्ने इन्जिनियर बाबुराम भुसाले जानकारी दिए ।

मिति २०७५ कात्तिक देखि हामिले तीब्र गतिमा निमार्ण कार्य गरेका थियौं । बिचमा कोभिड 19अर्थात कोरोना महमारी को कारणले गर्दा निर्माण कार्य पछाडी परेका थियौ। र २०७७ असोज देखि फेरि काम सुरु गरेका छौ । इन्जिनियर भुसालले भन्नू भयो इन्जिनियर का अनुसार हामिले अहिले चौथो सेलेफ river training को निर्माण कार्यभैरहेको र अब बाकी काम फिनिशिङ्ग काम रहेको र अब अन्तिम चरणमा गएको भुसालले जानकारी दिनुभयो ।

स्थानीय जनताको आग्रहमा नेपाली काँग्रेसका सिचाई मन्त्री रहेका दीपक गिरीले पूल निर्माणगर्नेका लागि योजना पार्नु भएको थियोे । पुल नहुँदा बर्षौंदेखि यसक्षेत्रका जनताले आवाज जावाज निकै ठूलो सास्ती खेप्नु परेको थियो ।बर्षात र बाढीको समयमा दुख्ख विरामी पर्दा अकालमै कतिपय सर्वसाधारणको मृत्यु समेत हुने गरेका थिए ।हेकुली र गोल्टाकुरीको बीचमा पक्की पुल निर्माण कार्य पुरा भएमा यस क्षेत्रका हजारौं सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन भने यहाँ विकासले समेत गतिलिने अपेक्षा गरिएको छ ।

दङ्गीशरण ४ बैबाङ र दङ्गिशरण१ बाँकी–बेटारपुर जोड्ने त्यो पुल निर्माण सम्पन्न भएमाको तुलसीपुर आवात जावात गर्न छिटो, छरितो हुनुको साथै स्थानीय उत्पादन बजार पुर्याउन सहज हुने नेपाली काङ्ग्रेसका सिंचाई मन्त्री समेत रहेका गिरीले बताए । ‘यो पुल निर्माण पुरा भएमा त्यसक्षेत्रका जनता घुमेर सितलपुरको पुलवाट बबई तर्नुपर्ने समस्या अन्त्य हुनेछ,’– गिरीले फोनमा भने ‘जनताको सेवा सुविधा र विकास मेरो अभिष्ट हो।’ बर्षौंदेखि बबई वारी र पारीका जनताले त्यहाँ पुल निर्माण गरिदिनका लागि नेताहरुलाई आग्रह गर्दै आएका थिए । नेपाली काङ्ग्रेसका नेता दीपक गिरीको पहलमा पछिल्लो समय पुल निर्माणले गतिलिएपछि स्थानीय खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!