२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हेकुली र गोल्टाकुरी जोड्ने बबईमा पुलको निर्माण कार्य अन्तिम चरणमा

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

(बिबश रसाईली)
दाङ । दङ्गीशरण हालको दङ्गीशरण गाउँपालीका वडा न.४ बैबाङ्ग र वडा. १ बाकी जोड्ने बबई नदिमा पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा हुनलागेको छ।२३ करोड लागतमा निर्माणमा सुरु भएको उक्त पुल दुईसय मिटर लम्बाई र १०.५० मिटर चौडाई मा निर्माण भएको छ। शर्मा एसडिए निर्माण सेवा काठमान्डौले यो पुलको निर्माण जिम्मा पाएको थियोे ।चार वर्ष भित्र निर्माण सक्ने गरि सम्झौता लिएको उक्त कम्पनीले भने तीन वर्ष अगाडि नै निर्माण सक्ने इन्जिनियर बाबुराम भुसाले जानकारी दिए ।

मिति २०७५ कात्तिक देखि हामिले तीब्र गतिमा निमार्ण कार्य गरेका थियौं । बिचमा कोभिड 19अर्थात कोरोना महमारी को कारणले गर्दा निर्माण कार्य पछाडी परेका थियौ। र २०७७ असोज देखि फेरि काम सुरु गरेका छौ । इन्जिनियर भुसालले भन्नू भयो इन्जिनियर का अनुसार हामिले अहिले चौथो सेलेफ river training को निर्माण कार्यभैरहेको र अब बाकी काम फिनिशिङ्ग काम रहेको र अब अन्तिम चरणमा गएको भुसालले जानकारी दिनुभयो ।

स्थानीय जनताको आग्रहमा नेपाली काँग्रेसका सिचाई मन्त्री रहेका दीपक गिरीले पूल निर्माणगर्नेका लागि योजना पार्नु भएको थियोे । पुल नहुँदा बर्षौंदेखि यसक्षेत्रका जनताले आवाज जावाज निकै ठूलो सास्ती खेप्नु परेको थियो ।बर्षात र बाढीको समयमा दुख्ख विरामी पर्दा अकालमै कतिपय सर्वसाधारणको मृत्यु समेत हुने गरेका थिए ।हेकुली र गोल्टाकुरीको बीचमा पक्की पुल निर्माण कार्य पुरा भएमा यस क्षेत्रका हजारौं सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन भने यहाँ विकासले समेत गतिलिने अपेक्षा गरिएको छ ।

दङ्गीशरण ४ बैबाङ र दङ्गिशरण१ बाँकी–बेटारपुर जोड्ने त्यो पुल निर्माण सम्पन्न भएमाको तुलसीपुर आवात जावात गर्न छिटो, छरितो हुनुको साथै स्थानीय उत्पादन बजार पुर्याउन सहज हुने नेपाली काङ्ग्रेसका सिंचाई मन्त्री समेत रहेका गिरीले बताए । ‘यो पुल निर्माण पुरा भएमा त्यसक्षेत्रका जनता घुमेर सितलपुरको पुलवाट बबई तर्नुपर्ने समस्या अन्त्य हुनेछ,’– गिरीले फोनमा भने ‘जनताको सेवा सुविधा र विकास मेरो अभिष्ट हो।’ बर्षौंदेखि बबई वारी र पारीका जनताले त्यहाँ पुल निर्माण गरिदिनका लागि नेताहरुलाई आग्रह गर्दै आएका थिए । नेपाली काङ्ग्रेसका नेता दीपक गिरीको पहलमा पछिल्लो समय पुल निर्माणले गतिलिएपछि स्थानीय खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!