०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बन्धक बनाएर परिवारसँग १० लाख फिरौती माग गर्नेहरु पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७

ABC (क्राईमबिट) विराटनगर : राजस्व अनुसन्धान कार्यालय इटहरी (सुनसरी)को टोलीले असार २९ गते ना.६ ख ८३१२ नम्बरको ट्रक नियन्त्रणमा लियो। कपडा ओसारपसारमा नक्कली बिलविजक प्रयोग गरेको भेटियो। त्यसपछि विराटनगर–१८ खोक्साका २३ वर्षीय सुभाष कामत पक्राउ परे।

अनुसन्धान गर्दै जाँदा विराटनगर–६ का ५८ वर्षीय दीपक शर्मा, उनकी पत्नी ५६ वर्षीया मञ्जु शर्मा र छोरी २८ वर्षीया रीमा पासवानसमेत संलग्न भेटिएको कार्यालय प्रमुख दीपक खड्काले बताए। मञ्जु कात्तिक १७ गते पक्राउ परिन् भने दीपक र रीमा फरार बने।

राजस्व अनुसन्धानले पक्राउ दुईसहित चार जनाविरुद्ध उच्च अदालत विराटनगरमा मंसिर १८ गते राजस्व चुहावटको मुद्दा चलायो। अदालतले १०/१० लाख धरौटी लिएर छाड्न आदेश दियो। धरौटी बुझाएर सुभाष छुटे, मञ्जु भने उक्त रकम नतिरेपछि जेलमा पुगिन्।

उनै सुभाष शनिबार दिउँसो विराटनगरबाट अपहरणमा परे। मञ्जुलाई छुटाउन उनका पतिसहितको समूहले सुभाषलाई दबाब दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। तर, सुभाषले १० लाख तिरिदिने आफ्नो हैसियत नभएको बताएका थिए।

पाँच जनाको समूहले सुभाषको अपहरण गर्ने योजना बनाएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार उक्त योजना मञ्जुका पति दीपक, विराटनगर–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, ३२ वर्षीय सिकेन्द्र यादव, २१ वर्षीय अजय यादव र विराटनगर–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्माले बनाएका हुन्। योजनाअनुसार शनिबार दिउँसो १:३० बजेतिर घर छेउबाटै सुभाषको अपहरण भएको एसपी खड्काले बताए।

मोटरसाइकलसहित अपहृतलाई सन्ध्याको घरमा पुर्‍याएर बन्धक बनाइयो। पीडितमाथि कुटपिट गर्दै परिवारका सदस्यसँग बार्गेनिङ गर्न थालेको खुलेको खड्काले बताए। सुरुमा सुभाषका भाइ विकास कामतलाई फिरौती माग गर्दै फोन गएको थियो। विकासले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो।

‘खबर आउनासाथ खोजीका लागि विशेष टोली परिचालन गरियो’, खड्काले भने, ‘दुई घण्टाभित्र सकुशल उद्धार पनि गर्न सकियो।’ प्रहरीले खोज्न थालेको जानकारी पाएपछि सुभाषलाई दीपक शर्माको घरमा पुर्‍याएको खुलेको छ। त्यहाँबाट पनि परिवारका सदस्यसँग बारम्बार फिरौती माग गरेको पाइएको छ। प्रहरीले खोजी तीव्र पारेको जानकारी पाएपछि उक्त समूहले भारततिर लैजाँदै गर्दा विराटनगर–१२ बखरीबाट अपहृतको उद्धार गरिएको खड्काले उल्लेख गरे।

‘सबैतिर सर्च अभियान चलाएर खोजी तीव्र पारिएका कारण अपहरणकारीलाई पक्राउ गर्न सकियो’, उनले भने, ‘केही ढिला भए भारत पुर्‍याउने थिए वा जे पनि गर्न सक्ने अवस्था रहेको देखिन्छ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सुभाषलाई सकुशल उद्धार गर्दै अपहरणमा संलग्नमध्ये रोहित, अजय र सन्ध्यालाई पक्राउ गरिएको बताए। उनका अनुसार रोहितलाई शनिबार राति घरबाट र आइतबार बिहान अजयलाई विराटनगर–१२ बखरी अनि सन्ध्यालाई विराटनगर–१ पोखरीयाबाट नियन्त्रणमा लिइएको हो। मञ्जुका पति दीपक र सिकेन्द्र फरार छन्। पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको डीएसपी राईले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!