१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

निजीलाई ट्रायल सेन्टर दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन

Logo
प्रकाशित मंगलबार, फाल्गुण १८, २०७७

ABC Sanchar
विराटनगर । प्रदेश नम्बर १ को सार्वजनिक लेखा समितिले सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

समिति सभापति शिवनारायण गनगाईका अनुसार सरकारको निर्णयले जनताले दुःख पाउने देखिएपछि तत्काल कार्यान्वयन नगर्न निर्देशन दिइएको हो । उनका अनुसार झापाको बिर्तामोडमा दुई बिगाहा १४ कट्ठामा रहेको सरकारी ट्रायल सेन्टर बन्द गरेर प्रदेश सरकारले एक बिगाहामा रहेको निजी ट्रायल सेन्टरलाई सवारी लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालनका लागि दिने तयारी गरेको थियो ।

सोमबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव, यातायात कार्यालयका प्रमुखसहितका प्रतिनिधिलाई बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिइएको हो । पुस दोस्रो साता प्रदेश सरकारले सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षाको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।