२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ट्राफिक कार्वाहीमा IGP क्षेत्रीको ट्राफिक प्रहरीले चिट काटे पछी ?

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

ABC (क्राईमबिट)
बुटवल । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री एसएसपी मात्र थिए त्यतिबेला ट्राफिक कारवाहीमा परेका रहेछन्। सादा पोशाकमा भएको बेला ट्राफिकका एक सईले उनको गाडी रोके छन्। र, मागे छन् बिलबुक र लाइसेन्स।

थापाले पनि गाडी रोके छन्। अरु भएको भए आँफू प्रहरीको हाकिम भएको भन्थे होलान। सजिलै छुटकारा पनि पाउँथे होलान्, सायद। तर थापाले त्यसो गरेनछन्। उनले बिलबुक र लाइसेन्स दिए छन्। तर बिलबुकको म्याद गुज्रि सकेको रहेछ। उनलाई ठाउँको ठाउँ सई’साबले चिट काटे छन्।

थापाले सम्झे, ‘सई साबले गाडी रोक्नु भयो। उहाँले मसँग लाइसेन्स माग्नु भयो। लाइसेन्स भ्यालिड नै रहेछ देखाए। बिलबुक माग्नु भयो। देखाए। ६ महिना नेपाल बसेको थिइन, म्याद गुज्रेको रहेछ। एसएसपी थिए सायद त्यतिबेला। चिट मजाले ग्रहण गरे। भोलि मेरो अफिसमा आउनुहोस् पैसा तिर्नुहोस्, त्यसपछि बिलबुक लिएर जानु होला भन्नु भयो।’

त्यति भने पछि थापा घर फर्केछन्। भोलिपल्ट बिहानै आफ्नी छोरीलाई सोधे छन्, ‘नानु, पापा सँग घुम्न जाने’ भनेर।

‘बच्चाहरु घुम्न जाने भनेपछि फुरुफुरु भइहाल्छन्। हुन्छ भनिन। अनि उनलाई अगाडीको सिटमा राखेर ट्राफिक कार्यालयमा पुगेँ,’ प्रेमिल भावमा उनले भने।

छोरीलाई प्रहरी कार्यलय किन लगेको भनेर भनेका रहेनछन् थापाले। ‘त्यसपछि मैले २०० रुपैया जरिवाना तिरे।मैले बिलबुक फिर्ता पाए अनि घर फर्के,’ उनले भने।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रमुख आइजीपी थापाले यस्तो कथा सुनाएका थिए।

यो कथा आखिर किन भने त थापाले?

थापाले यसबारे अर्थाए, ‘यो कथा प्रतीकात्मक रुपमा बुझिदिन अनुरोध गर्दछु।’

‘आजको पुस्ताले ट्राफिक नियम पालना गरेको छ र आउने पुस्तालाई एक शब्द उच्चारण नगरी ट्राफिक नियम पालना गर्नुपर्छ भनेर सिकाइ रहेको छ भन्ने सन्देश छ यो प्रसंगमा,’ थापाले थपे।

त्यो कसरी त?

‘मैले छोरीलाई ट्राफिक कार्यालयमा किन लगे भने, तिम्रो बाबा पुलिसको ठूलै हाकिम हो। तर त्यसलाई पनि नियम लाग्छ। त्यसले पनि जरिवाना तिर्नु पर्छ भन्ने सामान्य कुरा बोलेर हैन नबोली कनै सिकाउने चेष्टा गरे,’ थापाले भने।

थापाले यस्तै एकदमै साना कुराहरु जुन हामीले नजरअन्दाज गर्छौ तर जसले कालान्तर सम्म असर गर्न सक्छन् त्यस्ता कुराहरु गर्न प्रहरी कर्मचारीहरुलाई आग्रह गरे। उनले आउने पुस्ताको लागि उदाहरणीय बन्न पनि सुझाए। ‘मलाई सामान्य देखिने तर कालान्तर सम्म असर राख्ने केही कुरा गरिदिनु भयो भने औधी राम्रो हुने थियो जस्तो लाग्छ,’ उनले भने।

त्यस्तै थापाले प्रहरी भएकोमा गौरब गर्न प्रहरीका सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरे। उनले प्रहरी पेशा सबैले पत्याएको र भरोसा गरेको पेशा भएको भन्दै गर्व गर्नुपर्ने बताए। उनले भने, ‘हामी सबै भन्दा पत्याइएका रहेछौं। त्यसैले प्रहरी हुँदा हामीले गर्ब गर्नुपर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]