०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सरकार र विप्लव समूहको वार्ता टोलीबीच ३ पटक वार्ता जारी

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

ABC Sanchar
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको वार्ताटोलीबीच एकैदिन ३ पटक वार्ता भएको छ।

दुई पटकसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा भएको वार्ता तेस्रो पटक पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको हो।

दोस्रो चरणको वार्ता सकेपछि लाजिम्पाटमा करिब डेढ घण्टा समय बिताएर निस्केको विप्लव समूहका वार्ताटोली संयोजक प्रकाण्डको टोली साँझ ७ बजे मन्त्री क्वाटरमा प्रवेश गरेको थियो। भेटमा के कुराकानी भएको भन्ने खुलाइएको छैन।

बा१८च ३९३४ नम्बरको गाडीमा चढेर गृहमन्त्रीको क्वार्टर पुगेका प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापाबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ।

तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र भोलि बिहीबार पनि वार्ता जारी रहने बताइएको छ।

तेस्रो पटकको वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको हो। तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र बिहीबार पनि वार्ता जारी रहने बताइएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!