१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

सरकार र विप्लव समूहको वार्ता टोलीबीच ३ पटक वार्ता जारी

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

ABC Sanchar
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको वार्ताटोलीबीच एकैदिन ३ पटक वार्ता भएको छ।

दुई पटकसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा भएको वार्ता तेस्रो पटक पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको हो।

दोस्रो चरणको वार्ता सकेपछि लाजिम्पाटमा करिब डेढ घण्टा समय बिताएर निस्केको विप्लव समूहका वार्ताटोली संयोजक प्रकाण्डको टोली साँझ ७ बजे मन्त्री क्वाटरमा प्रवेश गरेको थियो। भेटमा के कुराकानी भएको भन्ने खुलाइएको छैन।

बा१८च ३९३४ नम्बरको गाडीमा चढेर गृहमन्त्रीको क्वार्टर पुगेका प्रकाण्ड र गृहमन्त्री रामबहादुर थापाबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ।

तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र भोलि बिहीबार पनि वार्ता जारी रहने बताइएको छ।

तेस्रो पटकको वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको हो। तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको र बिहीबार पनि वार्ता जारी रहने बताइएको छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]