२७ मंसिर २०८१, बिहिबार
12-12-2024 , Thu
×

घोराही उपमहानगरमा कोरोनाको नाममा लुटतन्त्र खरिदै नभएका सामाग्री खानामा लाखौँ बिल

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC Sanchar
दाङ । घोराही उपमहानगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग गरेबमोजिम ०७७ असार सम्मको कोरोना व्यवस्थापनमा भएको खर्च विवरण पठायो । क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद शिर्षकमा मात्रै यो उपमहानगरले २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ खर्च भएको विवरण मन्त्रालमा पेश गरेको छ । यसैगरि क्वारेन्टिनमा बसेकाहरुको खाना/खाजा खर्च समेत ब्यहोरेको जनाएको उपमहानगरले खाना र खाजामा ४ लाख ४२ हजार ४ सय ६ रुपैैयाँ खर्च भएको विवरण मन्त्रालयमा पेश गर्यो । उपमहानगरले यो अबधि सम्म २ हजार ३ सय ११ जना क्वारेन्टिनमा बसेको संख्या उल्लेख गरेको छ ।

कारबाहीपछि प्रचण्ड-नेपाललाई शान्ता चौधरीले भनिन्-पाहुनाले हामीलाई जा भन्ने हैसियत छैन !
विवाह भोजमा केटि जिस्क्याएको निहुँमा कुटपिट गर्दा युबकको ज्यान गयो ! क्वारेन्टिन निर्माण र क्वारेन्टिनमा प्रयोग हुने सामाग्री खरिद गरेको उल्लेख गरेको उपमहानगरले भवन निर्माण गरेको वा पाल खरिद गरेको उल्लेख गरेको छ । यसैगरि झुल , तन्ना , खाट ईलेक्ट्रिक सामान र बिछ्यौना खरिद गरेको उसको प्रतिवेदनमा उल्लेख छ । यसैगरि क्वारेन्टिनमा बसेकाहरुलाई टुथपेष्ट, ब्रस, तौलिया चप्पल ईत्यादी खरिद गरेको जनाएको छ । उपमहानगरले तयार पारेको प्रतिवेदन अनुसार यसको कुल लागत २२ लाख ३४ हजार १ सय ३९ रुपैयाँ छ ।
वडा तहमा क्वारेन्टिनको ब्यवस्थापन गरेका वडा कार्यालयहरुले क्वारेन्टिन ब्यवस्थापनमा भएको लागतलाई हेर्ने हो भने उपमहानगरले खरिदै नभएको सामान समेत खरिद गरेको देखाएर लाखौँ रकमको गलत बिबरण संघीय सरकारलाई पठाएको पुष्टि हुन्छ । अँझ खाना खर्च वापत लागेको खर्च साढे चार लाख रुपैयाँ त झनै झूठ सावित छ ।
जबकी उपमहानगरपालिकाले कुनै पनि वडामा सञ्चालन भएका क्वारेन्टिमा बसेकाहरुलाई खाना नै नखुवाएको वडा कार्यालयहरुको भनाईले छर्लंगै पार्छ । यि वडाहरुका अनुसार उपमहानगरपालिकाले सुत्नका लागि प्रति व्यक्ति एउटा म्याट, एउटा तन्ना र एउटा झूल मात्रै प्रदान गरेको हो । वडाहरुका अनुसार यि बाहेक उपमहानगरले खरिद भनिएको सामाग्री सबै झूठ हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा ५ वटा क्वारेन्टिनहरु सञ्चालन भए । यि पाँचै वटा क्वारेन्टिनमा बसेकाहरुको खाना उनिहरुकै परिवारले खुवाए । यो वडाका अध्यक्ष माधव चौधरीले भने ‘उपमहानगरपालिकाले वडामा खाना खाजा वापत केहि पठाएको हैन ।’ वडाले स्थानीयहरु संग चन्दा माग गरेर केहि दिन खानाका लागि मेस चलाएको चौधरीले बताए । ‘हामीहरुले केहि क्वारेन्टिनमा स्थानीयहरु संग माना चामल सहयोग मागेर मेस चलाएका पनि हौँ,’ उनले भने ‘तर अधिकांशका आफन्तहरुले नै खाना र खाजाको व्यवस्थापन गरिदिनु भएको हो ।’
यसैगरि उपमहानगरपालिकाले उल्लेख गरेको टुथपेष्ट,तौलिया, चप्पल , सुत्नका लागि खाट यो वडामा खरिद भएकै हैन । ‘हामीहरुले हात धुने साबुन भने किनिदिएका हौँ, त्यो पनि यो रकम वडाकै हो,’ उनले भने ‘चप्पल, तौलिया, खाट,टुथपेष्ट ब्रस केहि पनि किनिएको हैन ।’ उनका अनुसार उपमहानगरपालिकाले यो वडालाई प्रति ब्यक्ति सुत्नका लागि एउटा म्याट,एउटा तन्ना र एउटा झूल मात्रै बितरण गरेको हो । ‘यो बाहेक उपमहानगरले अरु केहि दिएको हैन,ढाँटेर के गर्नु ?’ वडा अध्यक्ष चौधरीले भने ।
यो उपमहानगरको ४ नम्बर वडामा चलेका चारवटा क्वारेन्टिनमा बसेकाहरुलाई वडाले स्थानीयहरुसंग सहयोग उठाएर खानाको ब्यवस्थापन गर्यो । तर उपमहानगरले संघीय मन्त्रालयमा बिबरण पठाउँदा आफ्नो लागत भएको देखाईदियो । यो वडाका वडा अध्यक्ष भक्तबहादुर सार्किले उपमहानगरपालिकाबाट खाद्यान्न सहयोगै नभएको बताए ।
‘हामीहरुले स्थानीयहरुसंग सहयोग मागेर खानपीनको ब्यवस्था गरिदिएका हौँ,’उनले भने ‘उपमहानगरले खाद्यान्नका एक दाना अन्न पनि सहयोग गरेको हैन ।’ यसैगरि यो वडाले पनि उपमहानगरपालिकाबाट पाएको भनेको एउटा म्याट, एउटा तन्ना र एउटा झूल मात्रै हो । ‘यि तीन चिज बाहेक उपमहानगरपालिकाबाट केहि आएको हैन,’ उनले भने ‘तौलिया, ब्रस मन्जन, चप्पल केहि पनि आएका हैनन् ।’
वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णुमणी दाहालले पनि उपमहानगरपालिकाले एक तन्ना, एक म्याट र एक झूल बाहेक अन्य सहयोग उपमहानगरपालिकाबाट नभएको बताए । यहाँ सञ्चालन भएका ६ वटा क्वारेन्टिनमा बसेकाहरुलाई उनिहरुकै परिवारले खानाको ब्यवस्था गरिदिए । ‘उपहानगरपालिकाले खानाको जोहो गरिदिएको हैन,वडाले पनि गरेको हैन,’ उनले भने ‘क्वारेन्टिनमा बसेका परिवारकै सदस्यहरुले खानाको ब्यवस्थापन गरेका हुन् ।’
वडा नम्बर १५ ले भने क्वारेन्टिनमा बसेकाहरु सबैलाई खानाको ब्यवस्थापन गर्यो । एउटा मात्रै क्वारेन्टिन रहेको यो वडाले विभिन्न दाताहरुसंगको सहयोगमा यो ब्यवस्थापन गरेको हो । यो वडाले पनि उपमहानगरपालिकाले खाना, खाजाका लागि भनेर उल्लेख गरेको भएपनि उसको एक दाना अन्न क्वारेन्टिनमा नपरेको दाबी गर्छ ।
‘उपमहानगरपालिकाबाट खाद्यान्नका लागि सहयोग भएकै हैन,’ यो वडाका वडा अध्यक्ष रमेशकुमार पाण्डेले भने ‘मैले विभिन्न दाता गुहारेर उहाँहरुको सहयोगमा भित्रै मेस चलाएका हौँ ।’ प्रति व्यक्ति एउटा तन्ना,एउटा झूल र एउटा म्याट मात्रै उपमहानगरबाट पाएको यो वडाले टुथपेष्ट, ब्रस, तौलिया चप्पल खरिद गरेको भनेर प्रतिवेदन देखाउनु निकै हाँयास्पद भएको बताउँछ । ‘खोई त ? उपमहानगरले यि सामाग्रीहरु खरिद गरेर कहाँ प्रयोग गर्यो?’ पाण्डेले भने ‘क्वारेन्टिनका लागि त कुनै पनि वडाले यो सहयोग पाएकै छैनन् ।’
उपमहानगरका वडा नम्बर ६ , ७ र ८ का वडा अध्यक्षहरुको भनाईले पनि उपमहानगरपालिकाको सहयोग र खर्च उस्तै झूठ सावित गरिदिन्छ । वडा नम्बर ६ का वडा अध्यक्ष रेबबहादुर बुढाथोकीका अनुसार यो वडामा सञ्चालन भएका ९ वटा क्वारेन्टिमा बसेकाहरुलाई उपमहानगरले एक छाक खाजा खुवाएकै हैन । नत खाजा नै । ‘क्वारेन्टिनमा बसेकाहरु सबैलाई उनिहरुकै परिवारले खानाको व्यवस्था गरिदिएका हुन । स्रोत देबेन्द्र बस्नेतबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बिहीबार बिहान काठमाण्डुको न्यूनतम तापक्रम ३ ९ डिग्री सेल्सियस रेकर्ड गरिएको मौसविद् सरोज पुडासैनीले जानकारी दिए । साढे ६ बजेपछि चार डिग्री सेल्सियस पुगेको थियो । बिहीबार काठमाण्डुको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको […]

  दाङ । तुल्सीपुर मेष राशि – कार्यक्षेत्रमा नयाँ योजनाहरु बन्नेछन् । भविष्यको लागि सोचनिय भैएला ।अध्ययनमा मन जाला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान्।व्यवसायमा सफलता मिल्ला ।अधुरा कार्यहरु सुचारु हुनेछन् ।कुनैपनि निर्णय गर्दा ख्याल राख्नु होला ।नजिकका व्यक्तिले खुट्टा तान्नेछन् । बृष राशि – व्यवसायिक सफलता मिल्नेछ ।अधुरा कार्यहरु सुचारु होलान् ।प्रेम सम्बन्धमा मिठास छाउला […]

  दाङ । त्यसैगरी उपाध्यक्षमा ओपेन्द्र बस्नेत, उपाध्यक्ष (महिला) मा नारायणी रजौरे चयन हुनुभएको छ । त्यस्तै सचिवमा जेएन सागर, सहसचिवमा प्रकाश चौधरी, सहसचिव (समावेशी) मा वसन्त परियार, कोषाध्यक्षमा अमरराज भण्डारी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद न्यौपाने, छविलाल पुरी, जंगबहादुर रेउले, टेकबहादुर पुन, नारायणप्रसाद नेपाल, रमा नेपाली, सन्तोष खनाल, सरिता चौधरी, सुमन केसी, […]

error: Content is protected !!