०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

अख्तियारमा मामा सचिव भएपछी ५० औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा र मामा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC (संचार ब्युरो)
काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा कर्मचारी वृत्तमा व्याप्त छ । मन्त्री रामबहादुर थापा ‘बादल’ को स्वभाव टन्न खाएर उघ्राउँदै बसेको भैंसीको जस्तो, सचिव महेश्वर न्यैपानेको ध्यान उठ्तीपुठ्तीमा मात्र भएपछि गृह प्रशासन लथालिंग बनेको हो ।

गृहलाई पनि अप्रत्यक्ष रूपमा प्रधानमन्त्री कार्यालयले नै चलाउने गरेको छ । बालुवाटारको राजनीतिक नेतृत्वका अगाडि गृहको प्रशासानिक नेतृत्व लम्पसार परेको छ ।

जसका कारण दुई–दुई महिनामा सीडीओ हेरफेर भएका छन् । जसको प्रत्यक्ष असर जिल्लाको शान्ति सुरक्षामा परेको छ । सचिव न्यौपानेको कारण गृह प्रशासन पछिल्ले समय झन्झन् बदनाम बन्दै गएको छ ।

पैसा आउँछ भनेपछि जे गर्न पनि पछि नपर्ने सचिव न्यौपानेका कारण प्रजातन्त्र दिवसको अवसर पारेर गरिएका कैदीकोहरूको आममाफी विवादास्पद बन्यो ।

कतिसम्म भने चितवन तरुण दलका अध्यक्ष शिव पौडेलको हत्यारालाई समेत आममाफी दिइयो । अरू धेरै हत्यारा, बलात्कारीले पनि माफी मिनाहा पाए । आममाफी दिँदा पनि राम्रै रकमको चलखेल भएको बताइन्छ ।

पैसा चलखेलको काम भने जता गए पनि भान्जा सुजन पौडेलले गर्ने गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको सचिव हुँदा उनै पौडेलका कारण विवादमा तानिएका न्यौपाने अहिले विगत एक वर्षभन्दा वढी समयदेखि गृह मन्त्रालयको सचिव छन् ।

अहिले पनि मामाको नाम भजाउँदै रकम संकलनको सबै काम भान्जा सुजनले गर्ने गरेको स्रोतले बतायो । विश्वस्त सूत्रका अनुसार नेपाल प्रहरीको इन्स्पेक्टरबाट डीएसपी तथा डीएसपीबाट एसपीमा भएका बढुवामा पनि भान्जा सुजनले पैसा उठाएका थिए ।

सईबाट इन्स्पेक्टर बढुवामा पनि सुजनसँग पैसाको मोलमोलाई टुंगो लागिनसकेकाले ढिलाइ भइरहेको बताइन्छ ।

सचिव न्यौपानेका २७ वर्षीय भान्जाले मामाकोे आडमा धेरैलाई तर्साएर २५औं करोड रुपैयाँ आर्जन गर्नु र यसमा मामा मौन रहनुका कारण उनको नियतमाथि शंका गर्न थालिएको छ । हिजो मामा अख्तियारमा हुँदा अख्तियार देखाएर तर्साउँथे, अहिले गृह देखाएर तर्साउँदै पैसा असुलीलाई निरन्तरता दिइरहेको बताइन्छ ।

मामा अख्तियारमा सचिव भएको १५ महिनामै उनले ५० औं रोपनी जग्गा जोडेका थिए । काठमाडौं जिल्ला गोकणेश्वर नगरपालिका–३ का नातिराज पौडेलका नाति पुष्कलराज पौडेलका छोरा सुजनसँग आज त्यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर छानबिन गर्ने हो भने त्यो सबै सचिव न्यौपानेको आडमा आर्जन गरेको खुल्ने स्रोतको दाबी छ ।

मामाको आडमा भान्जा पौडेलले तर्साउँदै घुस असुल्ने र पक्राउ गरिएकाहरूसँग पनि भनेजति रकम दिए बयान कमजोर दिएर विशेष अदालतबाट मुद्दा जिताइदिने भनी मोलमोलाइ गर्दै आएका स्रोतले बतायो ।

मामा न्यौपाने अख्तियारमा सचिव हुँदा भान्जा सुजनले के–के गरे ? यसबारे यसअघि नै बुधबार साप्ताहिकले तथ्यसहित सामग्री प्रकाशन गरिसकेको छ । केही तथ्य यस्ता छन् ।

घटना नम्बर १ : २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पक्राउ ग¥यो । गोकणेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग कार्यालय सहयोगी खेमराज भण्डारीमार्फत २ लाख ५० हजार लिएको भन्दै साहलाई कार्यालय परिसरबाट पक्राउ गरिएको थियो ।

त्यो ३६ रोपनी जग्गा कित्ताकाट गरी २ लाख ५० हजार घुस दिने सेवाग्राही थिए, काठमाडांै जिल्ला गोकर्णेश्वर नगरपालिका ३ बस्ने सुजन पौडेल । त्यो ३६ रोपनी जग्गा पनि उनकै थियो । अख्यिारकै विज्ञप्तिका अनुसार साह आफैंले घुस लिएका थिएनन् । कार्यालय सहयोगी भण्डारीमार्फत लिन खोजेका थिए । रंगेहात घुस लिँदा लिने व्यक्तिलाई पक्राउ गरिन्छ । करिब दिउँसोको २ बजेको थियो साह कार्यालयमै थिए । कार्यालयको ढोकामा रहेका भण्डारीलाई पौडेलले पैसा हातमा लगाइदिएपछि साहलाई तत्काल पक्राउ गरिएको थियो ।

घटना नम्बर २ : २०७५ असोज २१ मा महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ ग¥यो । सेवाग्राहीबाट सोनी कम्पनीको टिभी खरिदबापत १ लाख ४० हजार घुस लिएको अरोपमा राईलाई पक्राउ गरियो । अहिले राईले सफाइ पाइसकेका छन् ।

सोनी कम्पनी खरिदका लागि १ लाख ४० हजार घुस दिने सेवाग्राही पनि उनै २५ वर्षीय सुजन पौडेल थिए । अख्तियारको विज्ञप्तिमा डीएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनू भनी जिन्सी सामानका रूपमा घुुस–रिसवत माग गरेको र टिभी आफैंले खरिद गरी ल्याउने र सो खरिद गरेबापतको बिल भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस मागेको दाबी गरिएको थियो ।

सुजनको परिवार यसअघि सामान्य परिवारको भएको उनका छिमेकीहरूलाई थाहा छ । सुजन पौडेलका बुबा, अख्तियार सचिव न्यौपानेका भिनाजु पुस्कलराज पौडेल जजमानी पेसा गर्ने पुरोहित हुन् । यसबाहेक उनको परिवारमा कोही पनि रोजगारीमा छैनन् । तर गएको तीन वर्षमा छोरा सुजन पौडेलले भने अकूत सम्पत्ति आर्जन गरेका छन् । काठमाडौंको साँखु क्षेत्रमा मात्रै उनको करोडौं मूल्य बराबरको जग्गा रहेको छ । मामा अख्तियारमा सचिव भएको अवधिमा मात्रै उनले करोडौंको जग्गा जमिन खरिद गरेको मालपोत कार्यालयको अभिलेखबाट खुलेको छ ।

पछिल्लो रेकर्डअनुसार मात्रै साबिक बालुवा गाविस कित्ता नम्बर ३२४ को नक्सा सिट नं. ६, ६ ग, खण्डे नं. को कि.नं. ३७९ नम्बरको जग्गा २०७५ वैशाख २७ मा पास गरेका छन् । साबिक बालुवा गाविसकै ३२४ को कित्ता गत वैशाख २७ मै खरिद गरेका छन् । जुन हाल कि.नं. ३७८ हो । बुधवार साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!