२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

काठमाडौं आफ्नै सेनाको सुरक्षामा छिरे नेकपा महासचिव विप्लव!

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

ABC Sanchar
काठमाडौं । सरकार र विद्रोही दल नेकपाबीच बिहिबार ३ बुँदे सहमति भएको छ। सहमतिपत्रमा उल्लेख भएअनुसार मन्त्रिपरिषद् बैठकले सो पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

सरकार र व्रिदोही पक्षबीच वार्ता सफल भएपछि गृहमन्त्रालयले नेकपाका नेता कार्यकर्तालाई छाड्न प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरिसकेको छ। गृहको आदेश अनुसार अब प्रहरीले शुक्रबारबाट नेता कार्यकर्ताको रिहाई गर्नेछ।

दुवै पक्षको उच्चस्तरीय वार्ता टोलीबीच आज भएको सहमतिलाई भोलि (शुक्रबार) दिउसो प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वजनिक गर्नेछन्।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि दुवै जनाले सम्बोधन गर्नेछन्। सहमतिमा भएका बुँदाबारे दुवैजनाले विस्तृत रुपमा खुलाउने छन्।

सो कार्यक्रमका लागि नेकपा महासचिव विप्लव काठमाडौं आइसकेका छन्।

काठमाडौं बाहिर रहेका उनलाई उपत्यका आउन सरकारले हेलिकोप्टरनै व्यवस्था गरेको थियो। तर, विप्लवले हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आएका हुन।

हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव अबेर साँझ काठमाडौं आइपुगेको स्रोतले बतायो। आफ्नो पार्टीका सैन्य कार्यकर्ताको सुरक्षा घेरामा विप्लव काठमाडौं छिरेका हुन।

शुक्रबार सार्वजनिक हुँदा पनि विप्लवलाई तिनै सेनाले सुरक्षा दिएर कार्यक्रमस्थल राष्ट्रिय सभागृह पुर्‍याउने छन्।

विप्लव नेकपाले यसअघिनै आफूसँग जनमुक्ति सेनारहेको बताउँदै आएको छ। औपचारिक रुपमा हतियार नउठाएकाले विप्लव समूहले आफ्नो सेनाको ड्रेस र संख्याबारे यकिन विवरण सार्वजनिक गरेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!