२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

ट्राफिक प्रशासन तालिमको उद्‍घाटन दक्ष ट्राफिक बन्नुपर्ने जोड प्रमुख:भट्टराई

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २१, २०७७

  • ABC (क्राईमबिट)
    काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा २१ औं समूहको ट्राफिक प्रशासन (जु.प्र.अ.) तालिम संचालन भएको छ ।

उक्त तालिमको सोही महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले प्रशिक्षार्थीहरूले उत्सुक भई अधिकतम व्यावसायिक ज्ञान सीप सिकेर दक्ष ट्राफिक प्रहरी बन्नुपर्ने बताए । 

तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्यावधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक ८ जना र प्रहरी सहायक निरीक्षक ३२ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]