०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

रोल्पा प्रहरीले ५ किलो १०० ग्राम लागुऔषध अफिम सहित २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७

(सागर थापा)
रोल्पा । थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार स्थित ऐ.बस्ने बर्ष ३८ को रामधन बुढाको घरमा अवैध लागु औषध (अफिम) को ओसारपसा तथा कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.को कमाण्डमा सादा पोशाकमा खटि गएको प्रहरी टोली जिल्ला रोल्पा थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार स्थित रामधन बुढाको घरमा पुगि निजको घर भित्र खानतलासी गर्ने क्रममा घर भित्र लुकाई राखेको अवस्थामा हरियो रंगको प्लाष्टिगक बोरा भित्र सेतो,रातो रंगको प्लाष्टिककमा बाँधी १३ वटा पोका बनाई अवैध लागु औषध (अफिम)    जस्तो देखिने कालो पदार्थ हरियो रंगको बोराबाट बाहिर निकाली प्लाष्टिईक सहित तौल गर्दा ५ (पाँच) किलोग्राम १०० (एकसय) ग्राम,२ (दुई) किलोग्रामको ढक थान-२ (दुई), १ (एक) किलोग्रामको ढक थान-१ (एक),५०० (पाँचसय) ग्रामको ढक थान-१ (एक),२०० (दुईसय) ग्रामको ढक थान-१ (एक),१०० (एकसय) ग्रामको ढक थान-२ (दुई), ५० (पचाँस) ग्रामको ढक थान-१ (एक),तौल गर्ने स्टिलको भाँडा सहितको तराजु थान-१ (एक) समेत फेला पारी बरामद हुन आएको अवैध लागु औषध (अफिम) सहित वारदात घटनामा संलग्न घरधनी जिल्ला रोल्पा थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार बस्ने बर्ष ३८ को रामधन बुढा,ऐ.परिवर्तन गाउँपालिका वडा नं.३ कुरेली दालीम बस्ने बर्ष ३६ को सुकलाल घर्तिमगर समेतलाई पक्राउ गरि लागु औषध (नियन्त्रण) ऐन,२०३३ अन्तर्गत आवश्यकअनुसन्धान कार्य भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!