१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

रोल्पा प्रहरीले ५ किलो १०० ग्राम लागुऔषध अफिम सहित २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७

(सागर थापा)
रोल्पा । थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार स्थित ऐ.बस्ने बर्ष ३८ को रामधन बुढाको घरमा अवैध लागु औषध (अफिम) को ओसारपसा तथा कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.को कमाण्डमा सादा पोशाकमा खटि गएको प्रहरी टोली जिल्ला रोल्पा थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार स्थित रामधन बुढाको घरमा पुगि निजको घर भित्र खानतलासी गर्ने क्रममा घर भित्र लुकाई राखेको अवस्थामा हरियो रंगको प्लाष्टिगक बोरा भित्र सेतो,रातो रंगको प्लाष्टिककमा बाँधी १३ वटा पोका बनाई अवैध लागु औषध (अफिम)    जस्तो देखिने कालो पदार्थ हरियो रंगको बोराबाट बाहिर निकाली प्लाष्टिईक सहित तौल गर्दा ५ (पाँच) किलोग्राम १०० (एकसय) ग्राम,२ (दुई) किलोग्रामको ढक थान-२ (दुई), १ (एक) किलोग्रामको ढक थान-१ (एक),५०० (पाँचसय) ग्रामको ढक थान-१ (एक),२०० (दुईसय) ग्रामको ढक थान-१ (एक),१०० (एकसय) ग्रामको ढक थान-२ (दुई), ५० (पचाँस) ग्रामको ढक थान-१ (एक),तौल गर्ने स्टिलको भाँडा सहितको तराजु थान-१ (एक) समेत फेला पारी बरामद हुन आएको अवैध लागु औषध (अफिम) सहित वारदात घटनामा संलग्न घरधनी जिल्ला रोल्पा थवाङ गाउँपालिका वडा नं.३ मिरुल सेमसार बस्ने बर्ष ३८ को रामधन बुढा,ऐ.परिवर्तन गाउँपालिका वडा नं.३ कुरेली दालीम बस्ने बर्ष ३६ को सुकलाल घर्तिमगर समेतलाई पक्राउ गरि लागु औषध (नियन्त्रण) ऐन,२०३३ अन्तर्गत आवश्यकअनुसन्धान कार्य भईरहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

(एबिसि संचार ) कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्। 

(एबिसि संचार ) कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ। डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।