प्रकशित मिति : २३ फाल्गुन २०७७, आईतवार १२:१०

ABC Sanchar
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचापको समस्याबाट पीडित शाही शनिबार संघीय राजधानी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहमा रहेका शाही पार्टीको कामले संघीय राजधानी काठमाडौं आएका थिए ।

काठमाडौं आएका बेला स्वास्थ्यमा समस्या देखिए पछि उनी अस्पताल भर्ना भएका हुन् ।
शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले अहिले उनको स्वास्थ्यमा सुधार आइसकेको जानकारी दिए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com