२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेमा टिप्परको ठक्करबाट शिक्षकको मृत्यु न्यायका निम्ति विद्यार्थीहरुको नाराजुलुस

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७

(महेन्द्र सिंह)
बाँके । टिप्परको ठक्करबाट एक जना शिक्षक प्रधानाध्यापकको मृत्यु भएपछि बिद्यार्थीहरु आज आन्दोलनमा उत्रीएका छ्न ।
शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक पुरैनीमा मोटरसाईकलमा कम्दीबाट फर्कदै गर्दा टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा ४७ वर्षीय रामदेव मण्डलको मृत्यु भएको थियो ।

साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका प्रधानाध्यापक मण्डलको मृत्यु पछि चालकलाई कारबाहीको माग गर्दै बिद्यार्थी सडकमा विरोध सँगै टाएर बाले यतिबेला बाँकेको कम्दी चोकमा प्रदर्शन चक्काजाम गरिरहेका छ्न । दुर्घटनामा परेका मण्डलको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा शुक्रबार साँझ बाटोमा नै मृत्यु भएको थियो । यस्तै दुर्घटनामा मण्डलकी १७ वर्षीया छोरी घाइते भएकी छन् ।
ठक्कर दिने टिप्परका चालक प्रहरी नियन्त्रणमा आइसकेको र मृतक परिवार सँगै सहमतिका लागि प्रयास जारी रहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]