२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके ट्राफिकले १२० जना बिधार्थीलाई सुरक्षित यात्रा कक्षा संचालनमा

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरका बिधार्थीहरुलाई सुरक्षित यात्रा अभियान-ट्राफिक सचेतना कक्षा कार्यक्रम गरेको छ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमी आज उक्त कार्यक्रम गरेको हो । जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रहरी सहायक निरिक्षक बिष्णु न्यौपानेले एकेडेमीका १२० जना बिधार्थीहरुलाई ट्राफिक ऐन नियम,सुरक्षित यात्रा अभियान र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएका थिए।

ट्राफिक प्रहरीले थालेको दुर्घटना न्युनिकरण लगायत सुरक्षित यात्रा अभियान अन्तर्गत बस चालक, सर्बसाधारण लगायत बिधार्थीहरुलाई समेत प्रशिक्षण दिदै आएको प्रहरी सहायक निरिक्षक न्यौपानेले बताए। अहिलेको बर्तमान समयमा सुरक्षित यात्रा अभियान-ट्राफिक सचेतना कक्षा कार्यक्रम बिधार्थीहरुका लागी अति आबश्यक रहेको प्रहरी सहायक निरिक्षक न्यौपानेले बताए।

त्यस्तै बिधार्थीहरुले पनि सुरक्षित यात्रा अभियान-ट्राफिक सचेतना कार्यक्रमबाट अब ट्राफिक नियमको पालना गरी यात्रा गर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।