१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

एग्रोभेटलेको औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग माछा व्यावसायी

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

ABC Sanchar
लाहान । एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिराहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिनुभएको हो । फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोख्नुभयो ।

इन्टरप्राइजेजका सञ्चालक जय साहले माछाको सबै समस्या सामाधान हुने भन्दै सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) दिएको र त्यही औषधि प्रयोग गरेको २४ घण्टा नबित्दै माछा धमाधम मरेको उहाँको भनाइ छ ।

करिब दुई महिनाअघि मात्र यादवले सो पोखरी रु आठ लाखमा तीन वर्षका लागि ठेक्का लिनुभएको थियो । ठेक्का लिएलगत्तै हालेको विभिन्न प्रजातिका लाखौँ मूल्य बराबरका माछा सखाप भएको यादवले बताउनुभयो । यता इन्टरप्राइजेजका सञ्चालक साहले आफ्नो औषधिले माछा नमरेको जिकिर गर्दै आउनुभएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!