२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा अन्तर्राष्ट्रिय नारी दिवस यसरी मनाइयो

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

(महेन्द्र सिंह)
बाँके । अन्तर्राष्ट्रिय नारी दिवस, मार्च ८ अर्थात अथवा १११ ओै अन्तर्राष्ट्रिय नारी दिवस आज बाँकेको नेपालगन्जमा एक कार्यक्रम गरि भब्य मनाइएको छ।
मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ ।

२१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् , हरेक दिन एक महिला बलत्कृत हुन्छिन् भन्दै नेपालगन्ज उपमहानगरपालिका कि उपमेयरले बताउनु भयो ।

यस पटकको अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न नारी केन्द्रित संघ संस्थाहरु, स्कुलले विद्यार्थी , निलसागर सेवा आश्रम , जनप्रतिनिधि र सामाजिक अभियन्ताहरुको उपस्थिति सँगै नेपालगन्ज नगर परिक्रमा गरेका छन। विपि चोक हुदै बिरेन्द्र चोक , घरबाहि टोल, त्रिभेने मोड, सदरलाईन , त्रिभुवन चोक हुदै पुन विपि चोक पुगि नगरपालिकामा कोणसभा भएको थियोे । उक्त सभामा बाँके प्रहरी प्रमुख , नगर प्रमुख , उप प्रमुख , जनप्रतिनिधि र नागरिक अगुवाइहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]