०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

बाँकेमा आगलागी २५ घर जलेर नस्ट सिडियो र एसपीको आर्थिक सहयोग

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७


(महेन्द्र सिंह) बाँके । नरैनापुरमा आगलागी हुँदा दमकल नभएपछि स्थानीय र सुरक्षाकर्मीलाई आगो निभाउन हम्मेहम्मे परेको थियो ।

बाँकेको नरैनापुर गाउँपालिकामा वडा नम्बर एकस्थित दलितबस्तीमा आगलागी भएको खबर पाए लगत्तै बाँकेका सिडिओ रामबहादुर कुरूम्वाङ्गले स्पोर्टमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराएका छन ।

यहाँको दलित बस्तिमा २५ घर आगलागीबाट पुर्ण रूपमा नष्ट भएका छन । घटना भएको खबर पाए लगत्तै सुरक्षाकर्मीसहित नेपालगन्जबाट नरैनापुर पुगेको सिडिओ कुरूम्वाङ्गले आगलागीबाट पीडित बनेका २५ घर परिवारलाई तत्काल प्रति घर परिवार १५ हजारका दरले तत्कालिन राहत उपलब्ध गराएका छन ।

बाँके प्रशासनको तर्फमा सिडिओ कुरूम्वाङ्गले उक्त राहत उपलब्ध गराउँनुका साथै बसाई र खानाको समेत व्यवस्थापन गरिएको छ ।

नरैनापुरको उक्त लागलागी पीडित बस्तीमा रेडक्रसले बन्दबस्ती र गाउँपालिकाले खानाको ब्यवस्था गरेको हो । आगलागीबाट २५ घर जलेर नष्ट भएका छन ।

उक्त बस्तीमा आगो करिब दुई घण्टापछि नियन्णमा आएको थियो । सुरक्षाकर्मी र स्थानीयको पहलमा आगो नियनत्रणमा आएको हो ।

स्थानीय मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी शुरू भएर २५ वटा घर पूर्ण रुपमा नष्ट भएका गाउँपालिकाले बताएको छ ।

घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो ।

आगालागीबाट मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीको घर पूर्णरूपमा क्षति भएको छ ।
आगलागीबाट करोडौंको जिन्सी तथा नगद क्षति भएको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]