२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

जावलाखेलमा प्रहरीलाई कुटपिट गर्ने लाई दिपकराज जोशीको सुझाब

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

ABC (क्राईमबिट) काठमाडौं । तिमीहरुको बच्चा आपहरणमा परे प्रहरीकै ढोकामा सहयोगको भिख माग्न नजानु । प्रहरीलाई ढुङ्गा हन्ने हात ले बिन्ती गर्दै “मेरो छोरा खोजिदिनु ” नभन्नु लाज हुन्छ ।

घर पहिरोमा पर्दा तिमीहरूको आगनमा सहयोग गर्न आउने प्रहरीलाई त्यो ठाँउबाट निकल्नु । प्रहरीलाई छि:छि थु : थु गर्ने थुतुनोले ” मेरो गर्भवति श्रीमतीलाई खोजिदिनु” नभन्नु लाज हुन्छ।

खेतमा धानको बीउ लाउन गएको बेलामा तिमीहरुको परिवार बाढीले बगाएको बेला तिमीहरुको अाँखा सामुन्ने सहयोग गर्न आउने प्रहरीलाई त्यहाँबाट भगाउनु । प्रहरीलाई लात हन्ने तिम्रो खुट्टा बिर्सेर “मेरो परिवारलाई बचाउनु “भन्दै प्रहरीको खुट्टा नसमाउनु लाज हुन्छ।

आज रथ तान्दा जति धर्म गर्‍यौ भनेर सोचिरहेको छाै त्योभन्दा हजारौं गुणा पाप गरेका छाै ।
आफ्नो घरमा एक महिनाको छोरो , बयासी बर्षको स्या: स्या गर्ने आमा , छोडेर तिम्रो सुरक्षा गर्ने प्रहरी तिम्ले कुटपिट गरिरहेको बेला आफ्नो आमा र दुधे बालक सम्झिरहेको छ।
बिहान देखि बेलुकासम्म एक प्याकेट बिस्कुटमा आहोरात्र तिम्रो सेवामा लाग्ने प्रहरी तिम्ले भखर भुँडी फुट्नेगरि खाएको गावाको गन्धले उसलाई भोक लागेको छ।

एक घुट‌्काे पानीले दिउँसोभरि घाममा बस्ने प्रहरीलाई तिम्ले कुटपिट गर्दा गर्दा थाकेर तिम्रो ज्यानबाट निस्केको पसिनाले उसलाई तिर्खा लागेको छ।

तिम्रो जस्तो रिस प्रहरीको पनि छ तर उनीहरुको रिस बन्दुकको नलीमा आएर रोकिन्छ कारण अनुशासन।
तिमीले जसरी प्रहरीको बर्दि च्यतेको छाै उनीहरुले त्यसरी नै तिम्रो छाला च्यात्न सक्छन् तर तेस्तो गर्दैनन् कारण अनुशासन।

देशको सिमा मिचिदा होस् या घरको सिमा मिचिदा होस् प्रहरी गुहर्ने तिम्रो बुद्धि आज कहाँ भोज खान गयो र येस्तो हर्कत गरेको ?
प्रहरीलाई सलाम गर्न पर्ने तिम्रो हातले ढुङ्गा हन्न थाल्नी भएको रहेछ , घर गएर दराजमुनि राखेको खुकुरीले आफ्नो हात काटिदिए हुन्छ ।

तिमीहरूलाई तिमीहरुले गरेको काम सहि लाग्छ भने बेलुका घरमा गएर आफ्नो आमालाई यो कुरा सुनाउ तिम्रो बास सडकमा हुनेछ ।
#I_M_WITH_NEPAL_POLICE
✍️✍️ दीपक राज जोशी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!