०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

दाङमा ओलि समुहले नेकपा एमालेको पार्टी कार्यालयमा बोर्ड राख्यो

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

ABC Sanchar
दाङ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार नेकपा ओलि समुहकि केन्द्रिय सदस्य मेनका पोखरेल र सो समुहका जिल्ला अध्यक्ष हुकुम बस्नेतको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको दाङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् । नेकपा ओलि समुह लुम्बिनि प्रदेश कमिटि सदस्य, जिल्ला सदस्य तथा एमाले र केही माओबादी नेता, कार्यकर्ताको खुसियालीमा पार्टी कार्यालमा दिप प्रज्वलन गर्नुका साथै सै पनि एमाले, मै पनि एमाले गित बजाएर नाचगान गरेका थिए । त्यसक्रममा नेकपा एमाले जिन्दाबाद, केपि ओलि जिन्दाबाद भन्दै नाराबाजी गरेका थिए । कार्यक्रमको सहजिकरण ओलि समुहका जिल्ला सचिब मनोहर बुढाथोकिले गरेका थिए ।

घोराही १५ भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो । नेकपा विभाजनपछि सो कार्यालयमा ओली समूह र प्रचण्ड-माधब नेपाल समुहले गतिविधि गर्दै आएको थियो ।

सर्वाेच्चको फैसलापछि सोमबार नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको नेकपा ओलि समुह लुम्बिनि प्रदेश कमिटि सदस्य बलिभद्र रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]