२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

एउटै जिल्लाका ५ सीडियो निजामती सेवाको दुर्लभ संयोग जारी

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७


 

ABC Sanchar
काठमाडौं । नेपाल सरकारका केही प्रमुख जिल्ला अधिकारीहरु,जो एकै जिल्लाका हुन् र जसले कमाण्ड गरिरहेका छन् देशकै विभिन्न ५ जिल्ला । नेपालको निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर, पाल्पालगाएतको वर्चस्व रहँदै आएको भएपनि एकै जिल्लाबाट,एकै पटक सहसचिव र उपसचिवको नेतृत्व रहने प्रमुख जिल्ला अधिकारी बन्नु,नेतृत्व गर्नुलाई भने संयोग नै मान्नुपर्छ ।

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ यस्तै रमाइला संयोगहरु देखा पर्दछन् ।जस्तो यस अघि एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाए ।यस्तो विरलै देखिने संयोगको यसपटक दैलेख जिल्लाबाट रेकर्ड ब्रेक भएको छ ।
अहिले स्थिती यस्तो छ कि सोही जिल्लाका ५ व्यक्तिले विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा कमाण्ड गर्दैछन् । दैलेख जिल्लामै जन्मिएर,हुर्किएका गोविन्द रिजाल,सन्तबहादुर सुनार,खगेन्द्रप्रसाद रिजाल,कृष्णप्रसाद आचार्य र हरिबहादुर प्याकुरेल प्रमुख जिल्ला अधिकारीको रुपमा देशका ५ वटा जिल्लाको कमाण्ड गरिरहेका छन् ।

सोही जिल्लाका गोविन्दप्रसाद रिजाल मकवानपुरले मकवानपुर जिल्ला कमाण्ड गरिरहेका छन् । त्यो सह सचिवको दरबन्दी भएको ठाउँ हो । उनले प्रमुख जिल्ला अधिकारीका रूपमा गत कार्तिक ३ गतेदेखि सो जिल्ला सम्हालिरहेका छन् । यस्तै सरकारले गत फागुन दोश्रो साता एकै पटक गृहका ५१ कर्मचारीहरुको सरुवा गर्यो । जस्मा सहसचिव सन्तबहादुर सुनार बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्न पुगे । उनले १९ फागुनदेखि सो जिल्लाको कमाण्ड गरिरहेका छन् । यस अघि उनी आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । उनी दैलेखकै नारायण नपा २, दैलेखनारायण नगरपालिका,स्थायी बासिन्दा हुन् । उनी सात मंसिरदेखि नै सो जिल्ला कमाण्ड गरिरहेका छन् । यस्तै हालै मात्र खगेन्द्रप्रसाद रिजाल कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइका छन् । उनी जिल्लामा हाजिर भइसकेका छैनन् । यता कालिकोट जिल्लाको कमाण्डरका रुपमा कृष्णप्रसाद आचार्य खटिएका छन् । दुल्लु नगरपालिका, दैलेखका स्थायी बासिन्दा उनी उपसचिव तहमा कार्यरत छन् । आफ्नै गृहजिल्ला कमाण्ड गर्ने जिम्मेवारी पाएका छन् हरि प्याकुरेलले ।

यस अघि एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ विद्यार्थीहरु सचिव बनेर प्रशासन संयन्त्र चलाएका थिए दिनेशकुमार थपलिया,प्रेम राई,राजीव गौतम,ईश्वर नेपाल र दिनेश घिमिरेहरुले । जो संखुवासभाको एउटै विद्यालयका विद्यार्थी ।जसमध्ये दिनेश थपलिया,प्रेमकुमार राई,दिनेश घिमिरे,ईश्वर नेपालहरु अहिले पनि सरकारी ओहदामा बाहल छन् । हाल निर्वाचन आयोगको नेतृत्व गरिरहेका प्रमुख आयुक्त दिनेश थपलिया, गृह मन्त्रालयबाट अवकाश पाएर अहिले अख्तियारको प्रमुख आयुक्त रहेका प्रेम कुमार राई , हाल महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक ईश्वर नेपाल र हाल ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेदेखि एउटै विद्यालयका विद्यार्थीहरू हुन् । यि सबैले सङ्खुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालय खाँदवारीमा पढेका हुन् ।सोही जिल्लाकै सुरेश अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै अहिले निर्वाचन आयोगको सचिवको जिम्मेवारीमा छन् ।

तर एकै जिल्लाका ५ जना कर्मचारीले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेर नेतृत्व लिएको भने सम्भवत यो पहिलो पटक हुनुपर्दछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!