०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सशस्त्र प्रहरीले ३ जंगली बदेलसहित भारतिय मोटर साईकल पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

ABC (क्राईमबिट)
कपिलबस्तु । पछिल्लो समय कपिलबस्तुको सिमा क्षेत्रमा भारतिय जंगलबाट बदेल मार्ने र नेपाल भित्राउने क्रम बढेको छ । जिल्लाको मर्यादपुर नाका हुदै तस्करहरुले जंगली जनावर बंदेल नेपाल भित्राउने गरेका छन् ।
शुक्रवार बिहान करिब ५ बजे शसस्त्र प्रहरी बोर्डर आउटपोष्ट मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहको कमाण्डमा खटिएको ६ जनाको मोबाईल गस्ती टोलीले यशोधरा गाँउपालिका– ६ पुन्निहवा भन्ने स्थानमा भारतबाट लुकाई छिपाई ल्याईएका ३ वटा जंगली बदेल र यू.पी. ५५ ए ५५४८ नम्बरको भारतिय हिरो होण्डा मोटर साईकल सहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ३ वटा जंगली बदेल मृत अवस्थामा रहेका छन् भने ती बदेलहरुको वजन १ सय ८० किलोग्राम रहेको छ ।
गस्तीमा रहेको शसस्त्र प्रहरीको टोलीलाई देखेपछि बंदेल तस्करहरु भागेपछि प्रहरीले मोटरसाईकलमै रहेका ३ वटा बदेल नियन्त्रणमा लिएको हो । शसस्त्र प्रहरीटोलीले नियन्त्रणमा लिएका बदेलको मुचुल्का तयार गरी डिभिजन बन कार्यालय कपिलबस्तुमा बुझाएको शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी गराएका छन् ।
नियन्त्रणमा लिएका बदेल भारतिय जंगलबाट लिएर तस्करहरुले नेपाल भित्राउने गरेको स्थानियको भनाई छ । शसस्त्र प्रहरीले नाकामा कडाई गरे पनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!