२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सरकारले रेशम चौधरीलाई रिहा गर्दै

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

ABC Sanchar काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जनता समाजवादी पार्टी (जसपा), नेपालको साथ खोजेको रहस्य खुलेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएपछि समस्यामा परेका ओलीले आइतबार बिहान जसपाका अध्यक्ष महन्थ ठाकुरसँग बालुवाटारमा छलफल गरेका हुन्। जसपाका एक नेताले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आफूलाई साथ दिन ठाकुरसँग आग्रह गरेका छन्।

‘प्रधानमन्त्री ओलीले बोलाएपछि महन्थ ठाकुरजी बालुवाटार जानुभएको थियो,’ ती नेताले भने, ‘उहाँले तपाईंको सहयोग चाहियो, सरकारमा आउनुस् भन्ने प्रस्ताव राख्नुभयो।’ जवाफमा ठाकुरले आफ्ना सांसद रेशम चौधरीको रि’हाइ र मु’द्दा फिर्ता गरी संविधान संशोधन गर्न तयार हुनुपर्ने सर्त राखेका छन्।

‘प्रधानमन्त्रीको प्रस्तावमा जवाफ दिँदै ठाकुरजीले रेशम चौधरीको रिहाइ र तत्काल मुद्दा फिर्ता हुनुपर्ने र संविधान संशोधन यति दिनमा गर्छु भन्ने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएछ,’ ती नेताले सुनाए। त्यस क्रममा प्रधानमन्त्री ओलीले रेशम चौधरीको रि’हाइ गर्न तयार रहेको बताएको उनको दा’बी छ।

‘तपाईंले विप्लवलाई अस्ति भर्खर सार्वजनिक गर्नुभयो, रेशम माननीयलाई पनि छा’ड्ने वातावरण बनाउनुपर्‍याे भन्दा प्रधानमन्त्री ओलीले हुन्छ, म रेशमलाई निकाल्छु, भन्नुभएछ,’ ठाकुरनि’कट ती नेताले थपे। उनका अनुसार प्रधानमन्त्रीले जसपाका नेताहरूको माग सम्बोधन गर्छु भनेर प्रतिबद्धता नै जनाएका छन्।

एक–दुई दिनमा चौधरी रि’हा गरिने तयारी रहेको उनको दा’बी छ। ‘प्रधानमन्त्रीले चाहेपछि ३ दिनमा विप्लवसँगको वार्ता मिल्यो भने हाम्रा सांसद रेशम चौधरीको पनि रि’हाइ तत्काल हुन सक्छ,’ उनले भने। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएर पहिलेकै अवस्थामा फर्काइदिएपछि ओलीले जसपालाई सरकारमा ल्याउने कोसिस गरेका हुन्।

नेकपा बदरको फै’सलाका कारण एमाले र माओवादी केन्द्र आजबाट औपचारिक रूपमै अलग भइसकेका छन्। एमालेका १ सय २० सांसद छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए जसपासँग मिलेर ओलीले विश्वासको मत जोगाउन सक्छन् ।सोही कारण उनले जसपाका नेताहरूसँग भेटघाट तीव्र पारेका हुन्।

संसद् बैठक बुधबार बस्दै छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्ती ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। यसैकारण उनले जसपासँग मिलेर जान चाहेको देखिन्छ। जसपाका अर्का एक नेताका अनुसार जसपालाई पनि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर जानुभन्दा एमालेसँग मिलेर जाँदा सहज हुने देखिएको छ।

तर जसपामा ठाकुर मात्र नभएर उपेन्द्र यादव र बाबुराम भट्टराईजस्ता नेता पनि छन्। जसपाले संविधान संशोधनको विषय पनि उठाइरहेको छ। एमालेकै कारण संविधान संशोधन नभएकाले ओलीसँग मिलेर जाँदा त्यो काम सहज हुने विश्लेषण गरिएको ती नेता बताउँछन्। ‘मुख्यतः अवराेध एमाले नै हो, कांग्रेस र मा’ओवादी संविधान संशोधन गर्न तयार थिए,’ उनले भने।

‘सरकारमा आउन ओलीले पटकपटक भन्नुभएको छ, तर हाम्रो माग पूरा नभई सरकारमा जाने सम्भावना छैन,’ नेता केशव झाले भने। एमाले र माओवादी केन्द्र ब्युँ’ताउने सर्वाेच्चको फै’सलापछि प्रचण्ड र शेरबहादुर देउवासँग कुनै छलफल नभएको उनले बताए ।जसपाले भोलि मंगलबार संसदीय दलको बैठक राख्दै छ। जसमा सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने सांसद राजकिशोर यादवले जानकारी दिए। नेपाल खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!