३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

घोराही सिमेन्ट उद्योगको प्रदुषणका कारण स्थानियबासीहरु धमाधम बिरामी

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

 

ABC Sanchar
दाङ । घोराही सिमेन्ट उद्योगबाट निस्कने प्रदुषणका कारण स्थानिय नागरिक लामो समयदेखी मारमा परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर ४ गोग्लीमा रहेको सिमेन्ट उद्योगबाट निस्किएको प्रदुषणका कारण आफूहरु निकै समस्यामा परेको उनिहरुको गुनासो छ ।

सिमेन्ट उद्योगबाट उत्पन्न भएको धुवा, धुलो र ध्वनि प्रदुषणका कारण गोग्ली देखी लिएर सुन्पुर, लक्ष्मिपुर, बगर्दा वेलभारसम्मका नागरिकहरुले स्वास्थकर सास समेत फेर्न समेत नपाएको उनिहरुको गुनासो छ । त्यस क्षेत्रमा पानिका मुहानहरु सुक्दै गएका छन् भने कृषि उत्पादनमा हास्र आईरहेको छ ।

स्थानिय दिलबहादुर घर्तिले भन्नुभयो,–‘सिमेन्ट उद्योगकाबाट निस्कने धुवा, धुलो र ध्वनि प्रदुषणले हामी आजित भैसकेका छौँ । यहाँका नागरिकहरु यसको समाधानका लागी विद्रोहमा जाने तयारी भैरहेको छ । कृषि उत्पादनमा निकै कमी आएको छ ।

उद्योगभित्र ठुलो पावरका ५ वटा डिप बोरिङ राखिएकाले हाम्रो बस्तिहरुमा पानीका मुहानहरु सुक्न थालिसके । कयौँ वर्षदेखि नसुकेका कुवाहरुमा पनि सुक्न थालेका छन्, घर्तिले भन्नुभयो ।

यस्तै घोराही ४ का तुलसा केसीले रातको निद्रा र दिनको सन्तुष्टि उद्योगको प्रदुषणले खोसेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,–‘ हामीले कपडा धोएर सुकायौँ भने त्यो कपडा सिमेन्टले धुलाम्मे भएको हन्छ, स्वस्थकर स्वास पनि हामीले लिन पाएका छैनौँ ।

रातको निद्रा समेत सिमेन्ट उद्योगबाट निस्किएको धेरै ठुलो ध्वानीले बिथुली दिन्छ । त्यसैले हामीलाई निकै समस्या छ । हामीलाई परेको समस्या स्थानिय सरकारलाई बारमबार सुनाउदा पनि यस्को कुनै सम्वोधन हुन सकेको छैन् । अखिर हामीले समस्या झेल्नु पर्ने कहिले सम्म ?, केसीले भन्नुभयो ।

यस्तै अर्का स्थानिय विशाल सुवेदीको दुखेसो पनि यस्तै छ । उहाँले भन्नुभयो,–‘हामीले दुना टपरी खुट्नका लागी जंगलबाट ल्याएको पात समेत सिमेन्टको धुलोले धुलाम्मे हुन्छ । त्यसलाई टालोले पुच्दै पत्रि खुट्नुपर्ने अवस्था छ । सालको पातमा मात्रै होईन, सबै कुरामा यस्तै छ । सिमेन्ट उद्योगले मनपर्दी पदुषण गर्दै गईरहेको छ ।

जस्का कारण हामी विभिन्न रोगको शिकार हुने जोखिम निकै बढेर आएको छ । हाम्रो समस्या सम्बोधनका लागी स्थानिय सरकार र सिमेन्ट उद्योग गम्भिर बन्न आवश्यक देखिएको छ ।अर्कोतिर सिमेन्ट उद्योगले सबै कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा रहेको जनाउदै आएको छ ।

उद्योगलाई वातावरणमैत्री बनाउनु बाहेक अर्काे विकल्प छैन् : नगरप्रमुख चौधरी

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बस्तिको विचमा रहेको सिमेन्ट उद्योगलाई वातावरणमैत्री बनाएर सञ्चालन गर्न नगरले दवाव दिई रहेको बताउनु हुन्छ ।

नगरप्रमुख चौधरीले भन्नुभयो,–‘हामीले उद्योगको अनुगमन गरेका छौँ र उद्योगलाई वातावरण मैत्री बनाएर चलाउन दवाव दिने काम गर्दै आएका छौँ । हाम्रो देश कागज र सपुतमा चल्छ । हामी अनुगमनमा जादा उद्योगले सबै कुरा राम्रो भएको देखाउछ ।

सबै कानुनी प्रक्रिया पुरा गरेर सञ्चालनमा आएको कागजी प्रमाण र त्यहाँका स्थानियहरुको मन्जुरी लिएको पत्रमा स्थानिय नागरिकहरुको हस्ताक्षर गराई सकेको हुन्छ ।

उद्योग सरकारले अधिकार दिएरै खोलको छ । कानुनी प्रकृया पुरा गरेरै दर्ता गरेको छ । त्यसैले विगतमा खुलेको उद्योगलाई वातावरणमैत्री बनाउनु बाहेक हामीहरुसँग अर्काे विकल्प छैन्, नगरप्रमुख चौधरीले भन्नुभयो ।

स्थानियहरुको गुनासोलाई सम्वोधन गर्न आफूहरु निरन्तर लागी परेको र त्यो प्रयत्न अझै प्रयाप्त हुन नसकेको उहाँले बताउनु भयो । अहिले घोराही ३ र ५ नम्वर वडामा पर्ने जंगलक्षेत्रमा औधिगीक क्षेत्र घोषणा गरेसँगै अव बन्ने उद्योगहरुलाई सोही क्षेत्रमा व्यवस्थापन गरिने उहाँले बताउनु भयो । चन्द्रप्रकाश नेपालीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!