२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले लागुऔषध नगद र अवैध कपडा सहित एक भारतीय पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७


(सागर थापा)
दाङ । देउखुरीबाट लागु औषध ब्राउन सुगर तथा अवैध कपडा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमवार राती साढे १ बजेको समयमा भारतको सरावस्ती थाना भरन्गा घर बताउने हाल लमही नगरपालिका वडा नं. ७ कप्तानगंजमा डेरा गरी बस्ने बर्ष २३ का शम्शाद राजा लागु औषध सँगै बिना बिल भन्सार छली ल्याएको कपडा सहित लमही नगरपालिका वडा नं. ७ कप्तानगन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । 

विषेश सुचनाका आधारमा खटिएको सिबिल प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट ५ वटा सेतो प्लाष्टिकको पोकामा रहेको व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परी तत्काल घटनास्थलमा लगी गएको डिजिटल तौल मिसिनमा तौल गर्दा प्लाष्टिक सहित रहेको व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ ग्राम ३६० मिलिग्राम, नगद २ लाख ४५ हजार र बिना बिल ल्याएको कुर्ता ३१ थान, तन्ना १० थान, धोती ३ थान सहित बरामद गरी अनुसन्धान भइरहेको दाङ प्रबक्ता डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]