१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

दाङ प्रहरीले लागुऔषध नगद र अवैध कपडा सहित एक भारतीय पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७


(सागर थापा)
दाङ । देउखुरीबाट लागु औषध ब्राउन सुगर तथा अवैध कपडा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमवार राती साढे १ बजेको समयमा भारतको सरावस्ती थाना भरन्गा घर बताउने हाल लमही नगरपालिका वडा नं. ७ कप्तानगंजमा डेरा गरी बस्ने बर्ष २३ का शम्शाद राजा लागु औषध सँगै बिना बिल भन्सार छली ल्याएको कपडा सहित लमही नगरपालिका वडा नं. ७ कप्तानगन्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । 

विषेश सुचनाका आधारमा खटिएको सिबिल प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट ५ वटा सेतो प्लाष्टिकको पोकामा रहेको व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परी तत्काल घटनास्थलमा लगी गएको डिजिटल तौल मिसिनमा तौल गर्दा प्लाष्टिक सहित रहेको व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ ग्राम ३६० मिलिग्राम, नगद २ लाख ४५ हजार र बिना बिल ल्याएको कुर्ता ३१ थान, तन्ना १० थान, धोती ३ थान सहित बरामद गरी अनुसन्धान भइरहेको दाङ प्रबक्ता डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]