२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

महिला लक्षित १० दिने पत्रकारीता तालिम सम्पन्न पत्रकार श्रेष्ठ सम्मानीत

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

(महेन्द्र सिंह)
बाँके । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र(हुरीपप) र नेपालगंज उपमहानगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा महिलाहरुलाई लक्षित १० दिने पत्रकार तालिम समापन भएको छ ।

कार्यक्रममा बोल्द नेपालगंज उपमहानगरपालिका मेयर डा. धवल शम्सेर राणाले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनु भयो । उहाँले पत्रकारीता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मुल्याङ्कन संगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएकोले अब प्रोत्साहन बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । तालिममा सहभागि महिला पत्रकारहरुको क्षमता अभिबृद्ध देखेर हर्षित भएको बताउदै पत्रकारीता तालिमका लागि आवश्यक सयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

तालिमको समापन कार्यक्रममा बरिष्ट पत्रकार उदाय बहादुर सिहं श्रेष्ठलाई सम्मान गरिएको थियो । पत्रकारीता मार्फत नागरिकको आर्थिक सामाजिक उत्थानका सवालमा निस्वार्थ भावले कलम चलाएको भन्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर राणाले पत्रकार श्रेष्ठलाई प्रमाण पत्र र २ हजार १ सय रुपिया नगद राशी सहित सम्मान गर्नु भएको थियो ।

यस्तै तालिमलाई सफल बनाउन आर्थिक सहयोग गर्नु हुने नेपालगंज उपहानगरपालिका वडा नं ४ लाई सम्मान गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रीय सदस्य ऋषि राज देवकोटाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताउनु भयो ।

युथ टुडेका प्रबन्ध निर्देशक मोहम्मद ज्याउलहकले पत्रकारितामा महिलाको उपस्थितिले महिला अधिकारका मुद्दा उठान गर्न केही न केही सहयोग पुग्ने बताउनु भयो ।

नेपालगंज ४ का अध्यक्ष मेहम्मद सफिक बेहनाले महिला पत्रकारको न्यून उपस्थितिले महिला अधिकारको मुद्दा जुन रुपमा उठान हुनुपर्ने हो, त्यो उठान हुन नसकेकोले मुद्दाहरु उठान गर्नका लागि तालिम संचालन गरेको बताउनु भयो । उहाँले भविष्यमा पनि थप पत्रकारहरु उत्पादन गर्ने तर्फ ध्यान दिने बताउनु भएको थियो ।

यता तालिममा सम्मानित हुनु भएका बष्टि पत्रकार श्रेष्ठले रैथाने पत्रकारहरुलाई दबाएर बाहिरबाट पलायन भएकाहरुले नेतृत्व लिई रहेकोले संगठित भएर आवाज उठाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो हुरीपपले गरेको सम्मानले मलाई थप जिम्मेवारी थपिएकोले मानव अधिकारका सवालहरु मेरे पहिलो प्राथमिकतामा पर्ने जिकिर गर्नु भएको थियो ।

हुरीपपका अध्यक्ष आलम खानले भन्नुभयो‘ पत्रकारिता अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पेशा हो । यसको सदुपयोग वा दुरुपयोग, यो शक्ति कसको हितमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलीमा निर्भर हुन्छ । अनि उसको बोली र कलम उसको सोचबाट सञ्चालित हुन्छ । महत्वपूर्ण कुरा हो–एक पत्रकारको सोच कसबाट सञ्चालित छ ? एक सञ्चारकर्मीले धेरै पक्षको कुरा बुझ्नुपर्छ, सुन्नुपर्छ, अनुसन्धान गरी तथ्य पत्ता लगाउनुपछ्र्र – उ कसैको नभइ सत्यको पक्षमा उभिइ यो सबै काम गर्नु उसको पहिलो धर्म हो र प्रस्तुतीमा पनि उ पक्षविहीन हुन सक्नुपर्छ । यहिनेर पछाडि पारिएका वर्ग, लिङ्ग, जात, समुदाय, सिमान्तकृत र अल्पसंख्यकको पक्षमा भने पत्रकार उभिन सक्नुपर्छ ।’

पत्रकारितामा आएका वा आउन चाहने हरेकले पत्रकारिताको यो मर्मलाई बुझेर आउनु प¥यो । तलब वा पैसा मात्रै लक्ष्य हो भने कृपया यो पेशामा नआउनुहोला भन्न चाहन्छु । यो पेशामा त अनवरत मिहिनेत, इमान्दारिता र संवेदनशीलताका साथै आँट र साहस पनि चाहिन्छ ।

उहाँले भन्नुभयो आवश्यक शिक्षा, तालिम र सीपका साथै केही गरेर देखाउन चाहने हरेकका लागि यो पेशा उर्वर भूमि हो । यहाँ जति चुनौती त्यो भन्दा बढी सम्भावना र त्यो भन्दा बढी फरक पार्न सकिने क्षेत्रहरु हरेकको पखाईमा रहेको बताउदै निष्पक्ष भएर पत्रकारीता गर्न शुभ कामना दिनु भएको थियो ।

१० दिन सम्म चलेको प्रशिक्षणमा १७ जना पत्रकारहरुहरुको सहभागिता रहेको थियो भने क्रियाशील पत्रकार तथा प्राध्यापक डक्ट प्रसाद धिताल, गोपी बुढा, प्रलाहद विश्वकर्मा, रामु ओली र आलम खानले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रम वडा सदस्य इन्दीरा शाही, मेनका बैद्य, मिडिया नेपालका केन्द्रीय सदस्य काशी शर्मा, वडा सचिव गौरी शाही, राजकुमार कार्की लगायतले शुभ कामना दिनु भएको थियो भने कार्यक्रमको संचालन असलम भाट र प्रेरणा गिरीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!