१५ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
×

सशस्त्र प्रहरीले लागूऔषधसहित ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७

 

ABC (क्राईमबिट)
सुनसरी । जिल्लाको कोशी गाउँपालिका ३ पूर्वी भन्सार सीमा ईलाकाबाट सोमबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा को ११ प ८१८४ नम्बरको मोटरसाईकलमा सवार सोही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १ बस्ने २१ वर्षिय जयनारायण उराउ तथा सोही जिल्लाकै बराहक्षेत्र नगरपालिका १० बस्ने ३६ वर्षिय गणेश यादव र साईकलमा सवार सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ बस्ने २२ वर्षिय सन्तोष मण्डल छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्रोक्सिभन क्याप्सुल २ सय १६ वटा, नाईट्रोजन ट्याब्लेट १७ वटा र डाईलेक्स डिसी ५ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल तथा साईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकल र साईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका लौकहीमा बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौं महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो। प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका […]

बाँके । नेपालगन्जको नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले एबिसी संचारमा सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत घुमुवा असई सोमराज शर्माको स्याउ तस्करसंग पैसाको बार्गेनिङ र पितल तस्कर तस्करसंग गरेको कुराकानी अडियो रेकर्ड प्रकाशित समाचारमा आएपछी घुमुवा […]

दाङ । आजको डिजिटल युगमा लेखन, पत्रकारिता वा अन्य सृजनात्मक कामका क्रममा कृत्रिम बुद्धिमत्ता (AI) उपकरणको प्रयोग गर्नु स्वाभाविक र व्यावहारिक भएको छ । विशेषतः भाषा शुद्धीकरण, संरचना सुधार, तथ्य पुष्टि वा विचार विस्तार जस्ता पक्षहरूमा AI टुलहरूले सहयोगीको भूमिका निर्वाह गर्न थालेका छन् । मैले पनि सचाचार, केही लेख, टिप्पणी वा विश्लेषण तयार गर्दा […]

error: Content is protected !!