११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

अनुमति नलिइ गुणस्तर चिन्ह राख्ने दाङको सम्राट सिमेन्ट उद्योगलाई कार्वाही

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

ABC Sanchar
दाङ । सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ । सिमेन्टमा अनुमति नलिइ नेपाल गुणस्तर चिन्ह (एनएस) राखेको पाइएपछि विभागले कारबाही गर्ने भएको हो ।

दाङमा रहेको यो उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपिसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको विभागको भनाइ छ । विभागले फागुन २६ गते काठमाडौंको बाफलमा बजार अनुगमन गरेको थियो ।
सोही क्रममा सय बोरा सिमेन्ट गुणस्तर चिन्ह अंकित पाइएको हो । विभागका अनुसार नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार उक्त उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको गुणस्तर तथा नाप तौल बिभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

error: Content is protected !!