०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

बंगलादेशको भ्रमणमा राष्ट्रपति विद्यादेवी भण्डारी जाने

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

 

ABC Sanchar
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको राष्ट्रपति निवास स्रोतले जानकारी दिएको छ ।

बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने छिन् । । गत वर्ष नै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण हुने भनिए पनि कोरोना संक्रमणका कारण भ्रमण रोकिएको थियो ।

बंगलादेश सरकारले बंगलादेशका संस्थापक शेख मुजिबबुर रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ गतेसम्म मनाउने गरी १० दिने कार्यक्रम सार्वजनिक गरेको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!