१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

दाङको तुल्सीपुर एयरपोर्टमा ईन्धन डिपोको काम शुक्रबारदेखि अघि बढ्यो

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

 

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ एयरपोर्टमा ईन्धन डिपो निर्माणको काम अघि बढेको छ । टरिगाउँ विमानस्थलको स्वामित्वमा रहेको जग्गामा ईन्धन डिपो स्थापना गर्न लागिएको हो । त्यसकालागि बिमानस्थलले नेपाल आयल निगमलाई करिब पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ । त्यही जग्गामा आयल निगमले ईन्धन डिपो स्थापना गर्ने टरिगाउँ विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।

शुक्रबार प्रमुख शर्मा र नेपाल आयल निगम तुलसीपुरका प्रमुख सुजित पोखरेलले जग्गा लिजमा दिने÷लिने भनि सम्झौता गरेका हुन् । यस अघि जग्गा प्राप्त नभएकै कारण ईन्धन डिपो स्थापनाको काम अघि बढ्न सकेको थिएन । अब भने काम अघि बढ्ने आयल निगम तुलसीपुरका प्रमुख पोखरेलले बताए । “जग्गा उपलब्ध नहुँदा इन्धन डिपो स्थापनाको काम अघि बढ्न सकेको थिएन”, उनले भने “ अब भने केही समयमा काम सुरु हुन्छ ।”

जग्गा लिजमा लिएको जानकारी केन्द्रमा गराएपछि त्यही अनुसार प्राबिधिकहरु आएर हेरफेर गर्ने र त्यसपछि काम सुरु हुने उनले बताए । “हामीले माथि जानकारी गराउँछौं, त्यसपछि प्राबिधिकहरु आएर हेर्नुहुन्छ, रुख पनि काट्नु पर्ला, जग्गा सम्म बनाएर ट्याङ्की राख्ने काम हुन्छ”, उनले भने “त्यसकालागि एकहप्ता भित्रमा टोली आउछ ।”

 

त्यहाँ ७०/७० हजार लिटरका तीन वटा ईन्धन ट्याङ्की निर्माण हुने पोखरेलले बताए । अहिले जग्गा प्राप्त भएकाले ब्राउजर पनि ल्याउन सकिने बताए । “जग्गा प्राप्त भइसक्यो, अब केही समयमा ब्राउजर ल्याउन सकिन्छ”, उनले भने “ ब्राउजर आयो भने त्यसबाट अस्थायी रुपमा काम चल्दै गर्छ, ईन्धन डिपो स्थापनाकालागि पनि काम हुँदै गर्छ ।”

९ हजार लिटर देखि माथिको ब्राउजर हुने भन्दै त्यसैले एक फ्लाईट मात्रै भएर एक हप्तासम्म पुग्ने उनको भनाई छ । यस अघि जग्गा नै नपाउँदा काम रोकिएको भन्दै अब छिट्टै काम पूरा हुने उनले बताए । तीन वटा ट्याङ्कीमा २ लाख १० हजार लिटर भण्डारण हुने उनको भनाई छ । नेपाल बायु सेवा निगम दाङ शाखा प्रमुख नेमकान्त लम्सालका अनुसार दैनिक एक फ्लाईट भएमा मासिक ३० हजार लिटर खपत हुने बताए । ईन्धन डिपोकालागि जग्गा उपलब्ध हुनुले यहाँको हवाई क्षेत्रमा ठूलो फड्को मार्ने भन्दै फ्लाईट बढाउन सके झनै प्रभाबकारी हुने उनको भनाई थियो । उनका अनुसार अहिले १२ बजे तुलसीपुरमा हवाई अवतरण हुने भन्दै अब विहान र बेलुवा फ्लाइट बनाउन सकियो भने थप प्रभाबकारी हुन्छ ।

 

ईन्धन डिपो स्थापना भएसंगै दाङबाट रुकुम सल्ले, पोखरा, जुम्ला पनि उडान भर्न सकिने उनको भनाई छ । साथै टरिगाउँ एयरपोर्टबाट जुम्लालगायतका स्थानमा हवाईबाट सामान ओसारपसार गर्न सकिने समेत बताए ।

टरिगाउँ एयरपोर्ट रुकुम, सुर्खेत, नेपालगञ्जलगायत पश्चिम क्षेत्रको कनेक्सनका रुपमा रहेको यसको विकासमा पश्चिमको विकास हुने बताए ।

विमानस्थलमा टावर कन्सोल
टरिगाउँ विमानस्थलमा आधुनिक टावर कन्सोल निर्माण सुरु भएको छ । जुन टावरले सूचना दिने कार्य प्रभाबकारी रुपमा गर्ने विमानस्थल प्रमुख कैलाश शर्माले बताए । उनका अनुसार उक्त टावर नेपालगञ्ज्लगायतका स्थानमा जडान भएको छ । जुन टावरमा सबै सामग्री डिजिटल प्रबिधिका हुनेछन् । जसले हावाको गति, पानीको अबस्थालगायत सबै देखाउने भएकाले जहाज अवतरणमा निकै सहज हुने बताए । करिब एक करोडको लगानीमा उक्त कार्य हुन लागेको हो ।

अबको १०/१२ दिनमै काम सकिने छ । अहिले टर्मिनल भवनमा पंखा पनि नभएको, खानेपानीको पनि समस्या रहेको भन्दै उक्त समस्या समधान समिने गरिने उनले बताए ।

दाङबाट काठमाडौं जाँदा दुई किसिमको हवाई भाडा
दाङबाट काठमाडौं जाने हवाई भाडा दुई किसिमको छ । केही दिन देखि नेपाल एयरलाईन्सको जहाजमा दाङको टरिगाउँ एयरपोर्टबाट काठमाडौं जानकालागि ८ हजार ६ सय रुपैँया र ६ हजार दुई सय रुपैँया तोकिएको छ । नेपाल वायु सेवा निगम दाङका प्रमुख नेमकान्त लम्सालका अनुसार अहिले तुलसीपुरमा १९ सिटे जहाज आउछ ।

ति मध्ये १२/१३ वटा सिटको टिकेट काट्दासम्म ६ हजार दुईसय ७० भाडा लिने र त्यो भन्दा माथिको टिकट काट्नु परेमा ८ हजार ६०० लिने गरिएको लम्सालले बताए ।‘सिट सकियो , तर लास्टमा कोही आउछ, ईमरजेन्सी छ, जाने पर्ने हो भने त्यस्ताकालागि हामीले ८ हजार ६ सय रुपैँया लिएर सिट उपलब्ध गराउछौं’, उनले भने‘ ४÷५ जानलाई त्यो सिट दिन सकियो भने हामीले पनि लामो समय सेवा दिन सकौँला, तर, सीट खाली भयो भने हामीले ६ हजार दुईसय ७० रुपैँया नै भाडा लिएर सेवा दिने छौं ।’

काठमाडौंबाट दाङ आउँदा पनि दुईवटा भाडा दर नै छ । एउटा ८ हजार ८ सय रुपैँँया छ, भने अर्को ६ हजार चारसय ६० रहेको छ । आउँदा र जाँदा गरि १० वटा सिट खाली परेमा त्यसले एयरलाइन्सलाई घाटामा पर्ने भएकाले पनि यसरी दुई किसिमको भाडा अनुसार सेवा दिन लागिएको उनले बताए । कोरोनाको कहर पछि यसरी दुई थरि भाडा लिनुपर्ने अबस्था आएको उनले बताए । टरिगाउँ एयरपोर्टमा अहिले नेपाल एयरलाईन्सले उडान भरिरहेका छ । गएको बर्ष भदौ देखि दुईवटा उडान गरिरहेको एयरलाईन्सले लकडाउनको समयमा दैनिक दुई वटा जहाज उडान गर्न सकेन । लडाउनपछि हप्तामा ३÷४ पटक मात्रै उडान हुने गरेको थियो ।

अहिले फागुन २३ गते आईतबार देखि भने दैनिक एउटा उडान भइरहेको प्रमुख लम्सालले बताए । ‘अहिले देशभर दुईवटा टुइनेटर विमान चलिरहेका छन्, यस्तो अबस्थामा दाङमा दैनिक फ्लाईट पाउनु पनि खुसीको कुरा हो’, उनले भने‘लकडाउनको समयमा ६ वटा जहाज फेजआवट भएपछि हामीलाई समस्या हुने गरेको छ ।’

अहिले कोरोनाको खोप पनि आईसकेको अबस्थामा कोरोनाको जोखिम पनि रहेको र दिनपनि लामो हुने भएकाले नेपालगञ्ज, भैरहवाबाट काठमाडौं जाने गरेकोले पनि दाङबाट जाने यात्रुहरुको कमी आएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

error: Content is protected !!