२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेबाट ४ थान बन्दुकसहित एक जना पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण २९, २०७७

(महेन्द्र सिंह)
बाँके । राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ५ बाट प्रहरीले ४ थान हतियारसहित एक जना नेतालाई पक्राउ गरेको छ।

अवैध हतियार राखिएको बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र इलाका प्रहरी धामपुरबाट गएको प्रहरी सहायक निरीक्षक फत्ते थारुको कमाण्डको टोलीले आज बिहान ९ बजे राप्ती सोनारीको बिनौना नजिक जबरपुरबाट फरक फरक घरमा लुकाएर राखेको अवस्थामा १ थान बारबोर, २ थान भरुवा बन्दुक र १ थान पेस्तोल बरामद गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिएका छन्।

हतियारसंगै पक्राउ पर्नेमा ६८ बर्षका ॠषिराम थारु रहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिएका छन्। पक्राउ परेका थारुको घरबाट २ थान भरुवा बन्दुक बरामद गरेको छ भने उनका छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बरामद गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए।

त्यस्तै ॠषिरामका भाई लालबहादुर थारुको घरबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ। प्रहरीले भाई लालबहादुरको घरबाट १ केजी बारुद , खोका ५० वटा, ३ थान जरायोको सिङ्ग ,बदेलको दात १० वटा, चितलको दात ४ वटा र दुम्सिको प्वाँख बरामद गरेको खनालले भने। खनालका अनुसार ॠषिरामका छोरा र भाई फरार रहेका छन्।

पक्राउ परेका थारु वैध निकट माओवादी पार्टीमा आबद्द रहेका छन्। थारु गाउँपालिका अध्यक्ष पद र प्रदेश सभा निर्बाचनमा १ नम्बरमा उम्मेदवार बनेका थिए।

प्रहरी प्रमुख डिएसपी खनालका अनुसार उनी खुंखार शिकारी भएको आशंका रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]