२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कार्यसमिति गठन तथा सक्रिय सदस्ता वितरण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण २९, २०७७

(तेज ओलि) काेहलपुर । राप्रपा निकट काेहलपुर नगरपालिका महिला संगठनले वडा नं १३ काे वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम आज सम्पन्न गरेकाे छ ।

छुपु कुमारी डांगीकाे अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरेकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएका छन् , अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेकाे भन्दै आगामि पार्टीको महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत ढकालले बताएका छन् ।

कार्यक्रममा राप्रपा जिल्ला काेषाध्यक्ष तथा क्षेत्र नं १ का संयाेजक यमबहादुर रावत, राप्रपा बांकेका जिल्ला सदस्य लालबहादुर वलि, जिल्ला सदस्य अर्जुन जंग शाह लगायतले आ-आफ्नाे मन्तब्य व्यक्त गरेका कुरा राप्रपा पार्टी प्रवक्ता श्रीधर सुवेदीले जनाएका छन् ।

कार्यक्रम महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालकाे सभापतित्वमा सम्पन्न भएकाे हाे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।