२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं उपत्यका दुई डिएसपी सहित एक सय ४८ प्रहरी कार्वाहीमा

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौ । पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत उक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् ।
महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दुई डिएसपी, पाँच इन्सपेक्टर, ६ सइ, ११ असइ, ३२ हवल्दार, ०१ जवान र एक कार्यालय सहयोगी कारबाहीमा परेका छन् ।

तीन महिनाको अवधिमा दुई सय एक प्रहरी पुरस्कृत भएका छन् । जसमा एक डिएसपी, १२ इन्सपेक्टर, २१ सइ, १९ असइ, २९ हवल्दार एक सय ७ जवान र तीन कार्यालय सहयोगी छन् ।

महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेको तीन महिनाको अवसरमा एआइजी हरिबहादुर पालले त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । तीन महिनाको अवधिमा आठ सय ४१ वटा राजनीतिक कार्यक्रम भएको र त्यसमा सफल रुपमा व्यवस्थापन गरिएको उनको भनाई छ ।
तीन महिनामा ६ सय ५१ जना फरार अपराधी पक्राउ परेको र ७ करोड ३० लाख जरिवाना असुल भएको छ । अवैध क्यासिनो चलाउने, हुन्डी कारोबार गर्ने तथा कीर्ते गरी जग्गा बेच्ने गिरोह पक्राउ उपलब्धी भएको उनले बताएका छन् ।दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]