२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

उपचार खर्च तिर्न नसकेपछि अस्पतालले शव दिएन परिवारलाई

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७

ABC Sanchar
विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ।

धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए।

त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो ।

मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव बन्धक बनाएर राखेको बताए। पैसा नबुझाएका कारण शव हेर्नै नदिएको उनको भनाइ छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए।

मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन्। टाउको शल्यक्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको मधुरीले बताए।

मृतकका बुवा विपतीया कापरका नाममा ५ धुर जग्गा र घर रहेको छिमेकी बेचन यादवले बताए। त्यही घरजग्गा बन्धक राखेर उपचार खर्च तिरेको यादवले सुनाए।

अस्पताल प्रशासनका राजेश भट्टराईले कापर परिवारले झन्डै ३ लाख बुझाउन बाँकी रहेको सुनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]