१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बिदा कटौती नगर्न कपिलवस्तुका मुस्लिमद्धारा सरकारलाई ध्यानाकर्षण पत्र॥

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २६ मुस्लिम समाज कपिलवस्तु सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई र मुख्यमन्त्रीको ध्यानाकर्षण पत्र पठाएको छ । मुस्लिम समाज कपिलवस्तुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सहित मुख्यमन्त्री लाई ज्ञापन पत्र पठाएको हो
नेपाली नागरिकको अथक प्रयास र बलिदानबाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापना भएपनि पछिल्लो समय धार्मिक अधिकारबाट मुस्लिम समुदायलाई वञ्चित गरिएको उनीहरुको गुनासो छ ।
मुस्लिम समुदायले मनाउँदै आएको मुख्य चाड इद र बकर इदमा कम्तीमा पनि एकदिन सार्वजनिक बिदा दिनुपर्ने मुस्लिम समाज कपिलवस्तुका अगुवा रौफ मुसलमानले जोडदार माग गरेको हुन ।
समाजले पठाएको ज्ञापन पत्रमा मुस्लिमको मुख्य चाडपर्वमा बिदा दिनुपर्ने मागसँगै सविधानले व्यवस्था गरेबमोजिम राज्यका सवै निकायमा समानुपातिक समावेशी गर्नुपर्ने, मुस्लिम आयोगलाई क्रियाशील बनाउनुपर्ने, मुस्लिम समुदायमा पठनपाठन हुँदै आएको र हाल सरकारद्वारा रोकिएको मदरसा शिक्षालाई तत्काल फुकुवा गरी अनुदान उपलब्ध गराउनु पर्ने लगायतका माग रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् । आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक […]

  (ABC-Sanchar) काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य […]

  (ABC-Sanchar) काठमाडौं । जिउक्वान चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ। उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर […]