२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मोरङमा ६० वर्षीया वृद्धालाई बोक्सी भन्दै निर्घात कुटपिट

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

 

ABC (क्राईमबिट)
विराटनगर । एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो । ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे ।

ती वृद्धका अनुसार नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले । श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उनले सुनाए ।

उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न थाल्यो । ‘कुटाइ सहन नसकेर मेरी श्रीमती बेहोस बनिन्’, ती वृद्धले भने, ‘बोल्न नसक्ने अवस्थामा देखेपछि होहल्ला गर्दै अरू गाउँलेलाई बोलाएर घटनाबारे प्रहरीलाई जानकारी दिएँ ।’

यो घटना मोरङको रतुवामाई–२ डोरियामा भएको हो । एकै परिवारका पाँच जना मिलेर बोक्सी आरोप लगाउँदै वृद्धामाथि आक्रमण गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

डीएसपी राईका अनुसार वृद्धाको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ । चिकित्सकले अवस्था खतरामुक्त रहेको बताए पनि वृद्धा थलिएकी उनले बताए ।

छिमेकी ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यीमध्ये भीमलाल, जितनलाल र लखनलाल दाजुभाइ हुन् । लक्ष्मीप्रसाद उनीहरूका भतिज हुन् । हैरानी भीमलालकी छोरी हुन् ।

घटनाअनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग वृद्धाको झगडा परेको थियो । त्यही रिसइबीका कारण बोक्सी आरोप लगाउँदै कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।

अचेत बनाएपछि अब मृत्यु भइसक्यो भन्दै श्रीमतीलाई छाडिएको पीडितका श्रीमान्को भनाइ छ । उनका अनुसार बोक्सी रहेको र टुनामुना लगाएका कारण परिवारका सदस्यलाई बिसन्चो हुने गरेको भन्दै श्रीमतीमाथि गनगाईं परिवारका सदस्यले निहुँ खोज्ने गरेका थिए ।

उनले आरोपितविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको छ ।

उनीहरूविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरी घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए ।

वडाध्यक्ष किरणसिंह गनगाईंले बोक्सी आरोपमा कुटपिट नभएको दाबी गरे । दुई परिवारबीच जग्गाको सिमानाका विषयमा विवाद रहेको उनले उल्लेख गरे ।

‘त्यही निहुँमा राति घरबाट ल्याएर वृद्धामाथि कुटपिट गरिएछ’, टेलिफोन सम्पर्कमा वडाध्यक्ष गनगाईंले भने, ‘जग्गाको विषयमा झगडा भएकाले बोक्सी आरोप लगाएर कुटपिट गरिएको हैन ।’

वडाध्यक्ष गनगाईंले घाइते निको भएर आइसकेपछि गाउँमै घटना मिलाइने बताए । ‘यो त्यत्रो ठूलो घटना हैन’, उनले भने, ‘जे भए पनि कुटपिट भएका कारण उपचार गरेर निको भई बिरामी फर्किएपछि गाउँमै छलफल राखेर आगामी दिनमा कुटपिट नगर्ने सर्तमा दुई पक्षबीच मिलापत्र गरिनेछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]