०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

सरकारले दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो लगाउन निर्देशन…

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

ABC Sanchar
काठमाडौं । सरकारले एम्बुलेन्सजस्तै दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ ।

यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुनेछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दूध ढुवानी गर्ने गाडीलाई विश्वमा कुनै पनि देशले छुट्टै लोगो प्रदान नगरेको भन्दै नेपाल पहिलो हुने बताए ।

उनका अनुसार त्यस्तो लोगो पाएका दूध ढुवानी गर्ने साधनलाई एम्बुलेन्स जस्तै कसैले पनि रोक्न सक्दैन । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परे पनि विभिन्न बहानामा तिनमा रोकावट भइरहेको हुन्छ ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुने गरेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि लोगो तयार गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक यादवले दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिनाकारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको बताए । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!