
ABC (क्राईमबिट)
बाँके । नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ । गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी ती किशारीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २० वर्षिय जुनेद हल्वाइले बलात्कार र हत्या प्रया गरेका थिए । डेढ महिनादेखि फरार हल्वाइलाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।