२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोहलपुर प्रहरीले गाउँमा खसी चोरेर शहरमा बिक्री गर्ने २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

(महेन्द्र सिंह)
बाँके । गाउँबाट खसी-बाख्रा चोरी गरेर शहर बजारमा ल्याइ बिक्री गर्ने गिरोहका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

राति गाउँ-गाउँ डुलेर खसी-बोका तथा बाख्रा चोरी गर्ने र बिहानसम्म बजार पुर्‍याएर बिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-६ घर भएका २२ वर्षीय हर्षबहादुर पोख्रेल र बर्दियाको बाँसगढी नगरपालिका-६ घर भएका १९ वर्षीय प्रदीप सुनार छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले आइतबार राति बर्दियाको बढैयाताल गाउँपालिका-३ का दीपक सुनारको गोठबाट एउटा खसी र एउटा बाख्रो चोरी गरेका थिए ।

बर्दियाको बढैयातालबाट चोरी गरिएका खसी-बाख्रालाई भे १ हज ४४४३ नम्बरको अटोमा हालेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई बाँकेको कोहलपुर नगरपालिका-१२ चप्परगौंडीबाट पक्राउ गरेको हो ।

अटोसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!