२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कोहलपुर प्रहरीले गाउँमा खसी चोरेर शहरमा बिक्री गर्ने २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

(महेन्द्र सिंह)
बाँके । गाउँबाट खसी-बाख्रा चोरी गरेर शहर बजारमा ल्याइ बिक्री गर्ने गिरोहका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

राति गाउँ-गाउँ डुलेर खसी-बोका तथा बाख्रा चोरी गर्ने र बिहानसम्म बजार पुर्‍याएर बिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-६ घर भएका २२ वर्षीय हर्षबहादुर पोख्रेल र बर्दियाको बाँसगढी नगरपालिका-६ घर भएका १९ वर्षीय प्रदीप सुनार छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले आइतबार राति बर्दियाको बढैयाताल गाउँपालिका-३ का दीपक सुनारको गोठबाट एउटा खसी र एउटा बाख्रो चोरी गरेका थिए ।

बर्दियाको बढैयातालबाट चोरी गरिएका खसी-बाख्रालाई भे १ हज ४४४३ नम्बरको अटोमा हालेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई बाँकेको कोहलपुर नगरपालिका-१२ चप्परगौंडीबाट पक्राउ गरेको हो ।

अटोसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]