२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

फरार हत्यारा पत्ता लगाउने सल्यानका इनिस्पेक्टर ओली सम्मानित

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

 

ABC (क्राईमबिट)
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन् ।

गतवर्षको फागुन २ गते राती ह’त्या गरिएकी त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको ह’त्यारा पत्ता लगाएकाे भन्दै इनिस्पेक्टर ओली सम्मानित भएका हुन् ।

मंगलबार घटनाको सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले ओलीलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै ओलीले ढिलो चाँडो एकदिन अपराधी प्रहरीको नजरबाट उम्कीन नसक्ने बताए ।

एकवर्षसम्म इनिस्पेक्टर ओलीकाे नेतृत्वमा प्रहरीले अनुसन्धान गरेकाे थियाे । अनुसन्धानमा कविताकाे हत्या सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले गरेको खुलेको छ । आरोपीत १८ वर्षमुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए ।

कवितालाई थापाले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि हत्या गरेको आरोपीतले स्वीकारेकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]