१७ मंसिर २०८१, सोमबार
02-12-2024 , Mon
×

नेपालको सवारीसाधन भारतमा रोक जमुनाहा नाकामा रोकेर दुख दिदै भारतीय प्रहरी

Logo
प्रकाशित बुधबार, चैत्र ०४, २०७७

 (सागर थापा) बाँके । नेपाल र भारत सिमा जोडीएको बाँकेको सिमानाका जमुनाहा भन्सार भएर नेपाल तिर दैनिक करोडौँ रुपैयाँ बराबरको सामानहरु आयात हुन्छ ।
करीब ५६ किलोमीटर खुला सिमाना रहेको बाँकेको यो सिमाबाट नेपाल भारतका बिचमा वार्षिक अरबौँ रुपैया बराबरको कारोबार हुँदै अाइरहेको छ । लकडाउनका कारण थलथलिएको यो नाका केही समययता फेरी खुलेको छ । सिमानाका खुलेपनी नेपालीहरुलाई भारतजाँदा हेयको दृष्‍टिकोणले हेरिने तथा भारतीय प्रहरीले हेप्ने गरेको यहाँँका स्थानियहरुको गुनासो छ । उनिहरुका अनुसार भारतीय नागरिकहरु नेपाल आउँदा जुन सहजताका साथ आउँछन त्यस्तै सहजताका साथ नेपालीहरु स्थानिय भारतीय बजार रुपैडिया जान कठिन् रहेको छ । नरहेको उनिहरुको बुझाई छ । भारतीय नागरिकहरु सहजै नेपालतिर सवारीसाधन लिएर आउनपाउँछन भने नेपालीहरुले आफ्नो सवारीसाधन भारत लिएर जान नपाउने नियम हाल भारतीय पक्षले लगाएको छ । भारतीय पक्षले नेपालीहरुलाई हेप्ने गरेको स्थानियहरुको गुनासो छ भने आफुहरुलेपनी भारत तिर सवारीसाधन लिएर जान पाउनु वा भारतीयहरुलाईपनी नेपालतिर आउँदा सवारीसाधन्मा रोक लगाउनुपार्ने उनिहरुको माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो। मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ। उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत […]

काठमाडौं । मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय समयअनुसार साँझ ६ः१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछ । जनस्तर र सरकार–सरकारका बीचमा परम्परागत र मित्रवत् सम्बन्धको लामो इतिहास भएको नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको यस भ्रमणको […]

काठमाडौं । उपमहानगरपालिका १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा( का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर […]

error: Content is protected !!