०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

नेपालगन्जबाट अवैध लागुऔषध अफिमसहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

(महेन्द्र सिंह नेपालगन्ज)

बाँकेको नेपालगन्जबाट ७ किलो अवैध लागुऔषध अफिमसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तगत ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले नेपालगन्जको एक होटलबाट शनिबार दिउँसो लागुऔषध अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोले अफिमसहित नियन्त्रणमा लिएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको अनुसन्धान ब्युरोका प्रहरी नयाब निरीक्षक बिष्णु गीरीले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिइने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

error: Content is protected !!