२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोहलपुर प्रहरीले दुर्लभ लोपोन्मुख वन्यजन्तु सहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७


(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले ३ जना व्यक्तिलाई दुर्लभ लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार तिनै जना बाँकेको बैजनाथ गाउँपालिका वडा नंबर १ चिसापानीबाट पक्राउ परेका हुन । 

प्रहरीका अनुसार संकास्पद अवस्थामा हिँडिरहेका उनिहरुको साथमा रहेको कालो झोलाको खानतलासी गर्दा दुर्लभ लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला १ थान, भालुको पित्त २ थान र कस्तुरीको बिना १ थान फेला परेको हो । पक्राउ पर्नेमा दैलेख चामुण्डा नगरपालिका वडा नंबर २ बस्ने ४२ वर्षिय चीन बहादुर थामी मगर, कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नंबर १ बस्ने ४५ वर्षीय रत्न बहादुर खत्री, जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नंबर १ बस्ने ४० वर्षिय खले बि.क रहेका छन । थप अनुसन्धानको लागी डिभिजन बन कार्यालयमा बुझाउने डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!