०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

कोहलपुर प्रहरीले दुर्लभ लोपोन्मुख वन्यजन्तु सहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७


(सागर थापा)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले ३ जना व्यक्तिलाई दुर्लभ लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार तिनै जना बाँकेको बैजनाथ गाउँपालिका वडा नंबर १ चिसापानीबाट पक्राउ परेका हुन । 

प्रहरीका अनुसार संकास्पद अवस्थामा हिँडिरहेका उनिहरुको साथमा रहेको कालो झोलाको खानतलासी गर्दा दुर्लभ लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला १ थान, भालुको पित्त २ थान र कस्तुरीको बिना १ थान फेला परेको हो । पक्राउ पर्नेमा दैलेख चामुण्डा नगरपालिका वडा नंबर २ बस्ने ४२ वर्षिय चीन बहादुर थामी मगर, कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नंबर १ बस्ने ४५ वर्षीय रत्न बहादुर खत्री, जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नंबर १ बस्ने ४० वर्षिय खले बि.क रहेका छन । थप अनुसन्धानको लागी डिभिजन बन कार्यालयमा बुझाउने डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!