३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

डिएसपी खनालको ठुलो सफलता गैडाको खाक सहित दुई जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

(महेन्द्र सिंह)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको डेढ महिनामै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्।

कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस डिएसपी खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरले गैंडाको त्रिभुज आकारको बहुमूल्य खागसहित आज दुईजनालाई पक्राउ गरेको छ।

बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक खनालको कमाण्डमा गएको टोलीले दिउँसो डेढ बजे गैंडाको खागसहित दुई जनालाई पक्राउ गर्न सफल भएको हो। खागसहित पक्राउ पर्नेमा नवलपरासी बुलिङ्टार गाउँपालिका वडा नम्बर २ का ३५ बर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्यङ्लेख गाउँपालिका वडा नम्बर ५ का ३४ बर्षीय सुरेश सिंजाली रहेको प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिएका छन्।

बिगत लामो समयदेखि कोहलपुर आसपासमा बसेर बन्यजन्तु चोरी तस्करीमा संग्लन रहेको बिशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक खनालको टोलीले पछ्याउने क्रममा निज दुई जना हिडिरहेको अवस्थामा कोहलपुर ११ बाट चेकजाँच गर्ने क्रममा त्रिभुज आकारको बहुमूल्य खाग बरामद भएको हो।

चेकजाँचका क्रममा खनालको टोलीले कृष्ण पुलामी मगरको साथबाट त्रिभुज आकारको गैडाको २ थान गैंडाको खाग बरामद भएको थियो। पक्राउ परेका मगर र सिंजालीले पक्राउ परिहाले भने पनि प्रहरीलाई झुक्याउने उदेश्यका खागमा सुनको जलप टाँसेर हिडेको खनालले बताए। उनीहरु दुवैजनाले उक्त सुन जडित खागलाई १ करोडमा बेच्ने योजना रहेको बताएको प्रहरी प्रमुख डिएसपी खनालले बताए।

बरामद गरिएको २ थान खागलाई आबश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँके बुझाइने डिएसपी खनालले जानकारी दिएका छन्। ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहिबार साँझ मात्रै रेड पाण्डाको १ थान छाला, कालो भालुको २ थान पित्त र कस्तुरीको विणासहित तीन जनालाई पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]