२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अग्नीपिडित भन्छन आँख अगाडि घर खरानी भयो

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

(सागर रोका)

दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका स्थित दुईवटा खरले छाएको घर जलेर खरानी भयो । गत फागुन सोह्र र बीस गते एक्कासि दुईवटा खरले छाएको घरमा आँगो लाग्दा खरानी भएको हो । घरको पेडिमा बसेको बेला एक्कासि धुवा पुत्तायो । एका–एक आँखा अगाडि घर खरानी भयो, राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका निवासी मलमला कामिले भन्नुभयो,–। ‘घरमा आँगो कसरी सल्केयो थाहा भएन तर, आँखा अगाडि घर खरानी भयो । वरपर छिमेकीलाई गुहार गर्दा गर्दै छिनभरमै घर खरानी हुनुको साथै छानामा राखेको नगद दशहजार रकम जलेर नष्ट भयो ।’ ‘लुगा लत्ता सबै जल्यो । अन्न पात, चामल, मकै, पाँच लिटर पेलेर राखेको तोरीको तेल सबै घरसंगै जलेर खरानी भयो केही बचाउन सकिन । घर जलेर खरानी भए देखि तीन आमा छोराले माइतीको घरमा आश्रिय लिएको छौ, अग्नीपिडित कामिले भन्नुभयो ।’
यस्तै सोही ठाउँ निवासी मानबहादुर सुनारको दिउँसो बाह्र बजे घरमा आमा र केटाकेटी घरमै भएको बेला एक्कासि घर जलेर खरानी भएको अग्निपिडित मनबहादुर सुनारको बताउनुभयो । उहाँका अनुसार फाुगन सोह्र गते दिउँसो बाह्र बजे एक्कासि घर जलेर खरानी भएको हो । ‘घरमा रहेको भाडाकुडा, चामल, तोरि, मकै, नगद बाह्र हजार रकम जलेर नष्ट भयो । केही बचाउन सकिएन । घर खरानी भएसंगै आठजनाको परिवार सानो गोठमा बाँस बस्नु परेको छ, सुनारले भन्नुभयो ।’
अग्नीपिडितलाई खाद्यन्न र नगद सहयोग
राजपुर गाउँपालिका सभापति शरद बुढाथोकीको पहलमा साठी हजार बराबरको खाद्यान्न बोकेर अग्निपिडपत लाई हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस महासमिति सदस्य जानकिलाल बस्नेतको प्रमुख उपस्थितिमा राजपुर गाउँपालिका सभापति शरद बुढाथोकीले दशहजार, इन्द्र वलिले दशहजार, देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालको पहलमा दशहजार पाँचसय, लमही नगर उप–सभापति प्रताप खड्काले पच्चीससय, कुट्टुरले बाईस सय पचाँस, कर्णबहादुर बुढाथोकीले एक हजार, प्रमोत बस्नेत एघार सय, राजपुर गाउँपालिका वडा नम्बर १ का सभापति रामबकस चौधरीको पहलमा पच्चीस सय बराबरको खाद्यान्न र नगद पच्चीस सय, प्रकाश बस्नेतले सातहजार गरि जम्मा साठी हजार मध्य सर्चालिस हजार पाँच सयको खाद्यान्न र बाह्र हजार पाँचसय नगद आर्थिक सहयोग गरेको हो ।
आँगलागि भएको खबर पाएपछि राहत संकलन गरि अग्निपिडितको घरमा राहत लिएर पुगेको र अन्य राहतको लागि पहल गर्ने राजपुर गाउँपालिका सभापति शरद बुढाथोकीले बताउनुभयो । नाकामा संचारको सुविधा नहुदा भइपरि आउने समस्या समाधान गर्न नसकेको बताउनुहुँदै, केही खाद्यान्न संकलन गरि आफुहरू अग्निपिडितको घरमै पुगेर राहत हस्तान्तरण गरेको नेपाली कांग्रेस महासमिति सदस्य जानकिलाल बस्नेतले बताउनुभयो । उहाँले राहत संकलन अभियान सुरुवात गरेको छौ । अन्य सहयोग जुटाउन सहयोग पु¥याउने आश्वासन दिनुभयो ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!