२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घोराही सिमेन्ट उद्योगलाई चैत ९ गते उपस्थित हुन अदालतको आदेश

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

ABC Sanchar
दाङ । घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 1
तुलसीपुर, चैत ६ । दाङ घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगको प्रदुशन सम्बन्धि छलफलका लागि चैत ९ गते उपस्थित हुन बिपक्षीहरुका नाममा उच्च अदालत तुलसीपुरले आदेश जारी गरेको छ । शुक्रवार उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितको एकल इजलाशले स्थानीय र सिमेन्ट उद्योगका बीचमा भएको संझौता अनुरुप उद्योग र त्यसका छलफलका लागि उपस्थित हुन आदेश गरेको हो । 

घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 2
२०७२ साल जेठ ३२ गते स्थानीय र उद्योग सञ्चालकका बीचमा धुँवा, धुलो र ध्वनी प्रदुशन नियन्त्रण बारे सम्झौंता भएको थियो । सोही संझौंता अनुसार सञ्चालकलाई धुँवा, धुलो र ध्वनी प्रदुशनका लागि हालसम्म भएका कामका बारेमा सबै बिवरणका लागि उपस्थित हुन आदेश भएको अदालतका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।

घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 3
घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 4
अदालतले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रशासन कार्यालयलाई बाटोको म्याद बाहेक १५ दिन भित्र निवेदनको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? भन्ने बारेमा उच्च सरकारी वकिलको कार्यालय तुलसीपुर मार्फत उपस्थित हुन आदेशपनि गरेको सूचना अधिकारी भण्डारी बताए ।

घोराही सिमेन्ट उद्योगको प्रदुशनबारे चैत ९ गते उपस्थित हुन विपक्षिको नाममा आदेश 5
जसमा बिपक्षीको माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार वा कारण भए पेश गर्न भनिएको छ ।
त्यस्तै अन्य बिपक्षीहरु जिल्ला समन्वय समितिको कार्यालय र त्यसका प्रमुखका हकमा आँफै वा आफ्नो कानुन व्यवसायी मार्फत लिखित जबाफ पेश गर्न आदेश दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।