२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बुद्ध हस्पिटलले ठुलो कमजोरी चिरेर अप्रेसन गरेको समस्या हुन्छ : डाक्टर

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७


ABC संचार ब्युरो
दाङ । घोराही १६ सर्रा निबासि सरु पाण्डे बस्नेतले आफना बाबू ५६ बर्षिय शरद पाण्डेको पित्त थैलिको अप्रेसनकोक्रममा घोराही १५ सडक बिभाग नजिकै रहेको बुद्ध हस्पिटलले लापरबाही गरेको सार्बजनिकरुपमा गुनासो गरेकि छिन ।
उनले बुवाको उपचारकोक्रममा बुद्ध हस्पिटलमा साढे ३ लाख खर्च भएको र त्यहा उपचार हुन नसकेपछि बाध्य भएर काठमाडौं ल्याउनु परेको बताइन ।

बुद्ध हस्पिटलले कमजोरि स्विकार गर्दै भन्यो-चिरेर अप्रेसन गरेको बिरामीमा समस्या हुन्छ ! 2
बुद्ध हस्पिटलले कमजोरि स्विकार गर्दै भन्यो-चिरेर अप्रेसन गरेको बिरामीमा समस्या हुन्छ ! 3

बुद्ध हस्पिटलले कमजोरि स्विकार गर्दै भन्यो-चिरेर अप्रेसन गरेको बिरामीमा समस्या हुन्छ ! 4
दुरबिन बिधीबाट अप्रेसन गर्नेक्रममा आन्द्रा समेत काटेर पटक-पटक अप्रेसन गर्दा पनि नभएको र पैसा मात्रै खर्च भएको उनले बताइन ।
सामाजीक अभियन्तासमेत रहेकि बस्नेतले आफ्नो सामाजीक सन्जाल फेसबुकमा लेख्दै गुनासो गरेकि छिन – २०७७/७/२३ घोराही स्थित बुद्ध हस्पिटलमा डा. रमेश बस्नेतद्वारा सामान्य पित्तथैलिको अपरेसन गरेको हो तर ,अप्रेसन गर्दा आन्द्रा समेत काटि पुनः अप्रेसन पुसको २३ गते बुद्ध हस्पिटलमा रमेश बस्नेतद्वारा नै भयो । सो अप्रेसन पनि सफल भएन र इन्फेक्सन भयर आज फेरि तेस्रो पटक नेपाल मेडिसिटी हस्पिटलमा सफल अप्रेसन भयको छ,हामि जस्तालाइ त यति भोग्न पर्यो भने सर्बसाधारणको अवस्था के होला । यस्मा सबैको ध्यान जान जरुरी छ। साथै डा पावन भटृ लगायत नेपाल मेडिसिटी टिम लाइ धन्यवाद ।´

बुद्ध हस्पिटलले कमजोरि स्विकार गर्दै भन्यो-चिरेर अप्रेसन गरेको बिरामीमा समस्या हुन्छ ! 5
यता, बुद्ध हस्पिटल घोराहीले चिरेर गरिने अप्रेसनका क्रममा यस्ता खालका समस्या आउने भन्दै आफ्नो कमजोरि स्विकार गरेको छ । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले समाचारप्रती ध्यानाकर्षण भएको जनाउदै केहि अनलाईन सञ्चार माध्यम र केहि व्यक्तिको सामाजिक सञ्जालमा बुद्ध ईन्टरनेशनल हस्पिटल र सर्जन डाक्टर रमेश बस्नेतको नाम जोडिएर आएको समाचार सत्य नभएको दाबी गरे ।

बुद्ध हस्पिटलले कमजोरि स्विकार गर्दै भन्यो-चिरेर अप्रेसन गरेको बिरामीमा समस्या हुन्छ ! 6
उनले बिरामीको गुनासोसहित छापीएको समाचारको खण्डन गर्दै उक्त समाचारमा भनिएको विरामीको पित्तथैलीको सामान्य अप्रेसन भनिएकोमा भिडियो एक्सरे रिपोर्टमा र अप्रेशनको क्रममा पित्तथैली लामो समयदेखी सुन्नीएर खुम्चीएको र पित्तथैली आन्द्रा र बोसोसंग टासिएर आन्द्रामा समेत घाउ देखिएको, पित्तथैली भित्र पिप समेत रहेकोले दुरवीन विधिवाट शल्यक्रिया गर्न नमिल्ने भएकोले चिरेर पित्तथैलिको शल्यक्रिया गर्नुको साथ साथै आन्द्रामा भएको घाउको समेत शल्यक्रिया गरिएको दाबी गरे ।

यस्तो अवस्थामा शल्यक्रिया गर्दा ६० प्रतिशत विरामीमा घाउ पाक्ने समस्या रहने भन्दै यो शल्यक्रिया गर्दा विरामीसंग आउनु भएका आफन्तलाई शल्यक्रियाको क्रममा र तत्पश्चात आउन सक्ने सबै जटिलताको बारेमा जानकारी गराईएको हस्पिटलको दाबी छ । उक्त विरामीको घाउ पाकेकोले सफा गरेर पुस २३ गते सामान्य टाँका लगाएको र माघ ७ गते पछि विरामी डाक्टरको सम्पर्कमा नआएको जानकारी दिदै गराउन मेडिसिटिको शल्यचिकित्सक संग सम्पर्क गर्दा अहिले मेडिसिटिमा गरिएको भनिएको अप्रेसन हर्नियाको लागी गरिने अप्रेसन भएको शर्माले बताए । हर्निया भनेको विरामीको उमेरको कारणले र घाउ पाकि पेटको तह कमजोर भएर हुने समस्या भएको चिरेर अप्रेशन गरिएको विरामीमा २ देखी ६ प्रतिशतमा यस्तो समस्या देखिन सक्ने भन्दै शर्माले यस अप्रेशनमा डाक्टर र अस्पतालबाट कुनै पनि लापरवाहि नभएको र अहिले सम्म उपचार गरिएका उपचारमा विरामीहरुलाई लापरवाहि नगरीएको पनि उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।